अमेरिकामा २३ बर्षमा सबै भन्दा उच्च मोर्गेज (धितोबन्धक)दर ८ % मा पुगेको छ । औसत ३० बर्षे निश्चित दर धितोबन्धक अब ८ % मा पुगेको छ । एबिसीन्यूजले जनाए अनुसार यो वृद्धि सन् २००० पछिको उच्चतम धितोबन्धक दर हो ।
गत अप्रिलमा ३० बर्षे निश्चित धितो दर ५ % भन्दा कम रहेको मोर्गेज न्यूज डेली डाटा(दैनिक तथ्याँक )ले देखाएको छ ।
संघीय रिजर्भले उच्च मुद्रास्फीतिसँग लड्न ब्याज दरहरू बढाएको छ ।
गत बिहीबार फ्रेडी म्याकले जारी गरेको तथ्याङ्क अनुसार लगातार पाँच हप्ता धितो दर (मोर्गेज दर )बढेको छ। उच्च धितो दरहरूले आवास बजारलाई नाटकीय रूपमा सुस्त बनाएको छ ।
यस बीचमा पहिले स्वामित्वमा रहेका घरहरूको बिक्री एक वर्ष अघिको तुलनामा अगस्तमा १५ भन्दा बढी घटेको छ ।
प्रतिक्रिया