धर्म निरपेक्षता र साम्प्रदायिक सद्भाव!

बीरकाजी बस्नेत २०८० कार्तिक २ गते २३:३८ मा प्रकाशित

बिगत केही समय देखी मुलुकमा धर्म र सम्प्रदाय सँग सम्बन्धित घटनाहरु क्रमस हुँदै गएका छन । पहिले धरानमा मन्दिरको सामुन्ने चर्चको निर्माण गरिएको बिबाद ,त्यसपछी सार्वजनिक रुपमा गोरु भोज काण्ड ,महोत्तरी कान्ड ,मलङ्वा,रौतहट हुँदै नेपालगन्ज काण्डमा पुगेको छ । यस्तो किन भएको हो र राज्यको भूमिका कस्तो हुनुपर्ने हो ,यस्तो हुन नदिन अपनाउनु पर्ने सजगता र हुन लागेको खण्डमा समयमै रोकथाम गर्ने तरिका कस्तो हुनु पर्छ भन्ने बिचारणिय पक्ष छ । जब नेपालमा संसदिय घोषणा मार्फत धर्म निरपेक्षता भनियो र त्यसलाई ७२ को संबिधानमा निरन्तरता दियियो सिद्दान्त त यो कुरा आँफैमा गलत नभए पनि यसो गरिनुको पछी नियत ठिक थिएन । संबिधान निर्माण गर्दाकै बखत एक प्रभावशाली मुलुकका कुट्नितिज्ञले धर्मपरिवर्तन गर्न पाउने सर्त सहितको धर्मनिरपेक्ष मुलुक संबिधानमा राख्नु पर्ने भनि सभासदहरुलाई पत्रनै लेखेका थिए । त्यतिबेला जातियता को कुरा उठाउन क क स निर्माण गरिएको थियो । अहिले धर्मनिरपेक्ष भनेको नेपालमा परम्परागत आस्था र धर्महरुलाई क्रिचियानिटिमा बदल्नु हो भन्ने अर्थ र परिभाषा गरिएको छ । दिन रात धर्म परिवर्तन गराउने अभियान चलाइएको छ । देशभरी १५ हजार भन्दा बढी चर्च स्थापना गरिसकिएको छ । एक तथ्याङ्क अनुसार बिदेशी पश्चिमा गैर सरकारी संस्थाहरु गरेको लगानी यस्तो प्रकारको रहेको छ । केही समय अघी सम्ममा ११ अर्ब २८ करोड रकम भित्र्याएको छ । एक ब्यक्तिलाई क्रिस्चियन बनाएको २५ हजार ,एक परिवारलाई बनाएको एक लाख ,चोक चोक ,बजार ,गल्लिमा गएर इसाइ बाचन सुनाएको खाना खुवाएर २५ सय भता , आफ्नो घर भन्दा निकै टाढा गएर प्रचार गर्नेलाई कारको ब्यबस्था र ३५ सय भता ,टोल छिमेक र शहरमा गएर प्रचार गर्नेलाई निसुल्क बाइक र आवश्यकता अनुसारको भत्ता , १० वटा घरलाइ इसाइ बनाउन सकेमा एउटा चर्चको निर्माण अनी पादरी बनाइ मासिक तलब दिने र आवश्यकता अनुसार बाइक वा कारको ब्यबस्था चर्चमा ठुलो संख्यामा इसाइ समुदायलाई बढाएमा पास्टर लाई बिदेश भ्रमण ,छोराछोरिलाई बिदेशमा निसुल्क शिक्षा र जागिर ,परिबारका सबैलाई निसुल्क उपचार , आँफैले चर्च निर्माण गरेको खन्डमा सबै भेटी र दान पास्टरको हुने र त्यसको साखा चर्च अन्य स्थानमा पनि खोल्न सकेमा डबल भत्ता र अन्य सुबिधा दिने र यस्ता अन्य थुप्रै सुबिधाहरुको लोभमा परेर नेपाली हरु भकाभक धर्म त्यागेर इसाइ धर्म अपनाउदै र फैलाउदै छन अनी राज्य बेखबर जस्तै बनी मुकदर्सक छ । अन्य सबै कुरामा बिदेशी साम्राज्यबाद र दलाल पुंजिबादको हस्तछेप देख्ने कम्युनिस्ट नामधारी नेताहरु धर्मनिरपेक्षता मार्फत गरिएको धर्म परिवर्तनको कार्यलाई कुनै बिदेशी धार्मिक साम्राज्यबाद देख्दैनन उल्टै जनयुद्ध र जनआन्दोलन मार्फत प्राप्त महान उपलब्धी भएको ठान्छन । लामो परम्परा देखी चली आएका मौलिक ,पुराना रयिथाने धर्मसन्स्क्रिती लाई पुराना शोषणका रुप र जन्जिर ठान्ने र त्यसलाई तोडेमात्र जनताको मुक्ती संभव छ भन्ने माओवादीहरुले मौलिक सन्स्क्रिती क्षयिकरणमा ठुलो भूमिका खेलेका हुन । यसमा उनिहरुले बाहुनको टुप्पी काट्ने , जजमानी काममा अबरोध गर्ने ,बिद्ध्यालयमा सन्स्क्रित बिषय पढाउन नदिने ,महेन्द्र सन्स्क्रित बिस्वबिध्यालय दाङमा आगजानी गर्ने ,पुराणबाचन गरेर सामाजिक कामको लागि रकम जम्मा गर्न योगदान दिने पण्डित नारायण पोख्रेलहरुको हत्या गर्ने ,कृयापुत्री बसेका हरुको अपहरण र हत्या गर्ने जस्ता अराजक गतिबिधी गरेर मनिसमा नकरात्मक धारणा बनाइदिएका हुन । त्यस माथी पनि रजस्वला भएकी एक दलित महिलाले देवताको मुर्तिलाई खुट्टाले टेकेर मैले यसो गर्दा लाग्ने पाप म भोग्न तयार छु भन्ने अभिब्यक्ती माओवादी कार्यकर्ताको रुपमा गरेकी थिइन । तर यसको ठिक बिपरित सुरु देखी माओवादी गतिबिधिमा के बि रोकाया पश्चिमा देशका चर्चहरु मार्फत पहल गरी रहेका थिए भने नेता कृष्ण बहादुर महराले ब्याप्टाइज गरेको तस्बिर पनि देखिएको थियो । माओवादी भित्र क्रिचिनियाटिको प्रबेश छ भन्ने बुझे पछी युद्धकालमा नर्बेले उनिहरुलाई स्याट्लाइट फोन उपलब्ध गराएको थियो । केही समय अघी मात्र चितवनमा मेयर रेणु दाहाल लाई प्रमुख अथिती बनाएर प्रगतिशिल इसाइ मन्च गठन गरिएको थियो । यसरी आस्थागत कुरामा माओवादीको संदिग्ध र दोहोरो भूमिका रहेको छ जबकी सिधान्तत उनिहरु द्वन्दात्मक भौतिकबादमा विश्वाश गर्ने मानिन्छन । केही समय अघी माधव नेपाल इसाइ साम्सद एकनाथ ढकालको चर्च संस्थाको लगानिमा बिदेश भ्रमण गर्ने गरेको कुरा आएको थियो अहिले उनी दशै पर्ब लामो भएको तीन चार दिनमा सक्ने गरी छोटो बनाउनु पर्ने वकालत गर्दै छन । कोभिडको समयमा पनि तत्कालिन प्रधान मन्त्री खड्ग ओली सोल्टी होटेलमै केही दिन बसेर मूनको कार्यक्रममा सहभागी बनेको,होली वाइन ग्रहण गरेको र एक लाख डलर नगद पुरस्कार लिएको कुरा पनि सार्वजनिक भएकै हो ।

जतिबेला १२ जना नेपाली ईराकमा अपहरित गरियो र त्यहाको बिद्रोही समुह जमात अन्सार अल सुन्नाले एक जनाको घांटी रेटेर र ११ जनालाई गोली हानेर मारिदिए पछी काठमाडौंमा अराजक्ता फैलियो र जामे र कास्मिरी मस्जिदमा आगजानी गरियो र म्यान पावर कम्पनिका कार्यालय तोडफोड गरिएको थियो । अमेरिकाको जर्जियामा एक पादरिले कुरान जलाएको बिरोधमा अफगानिस्थानमा संयुक्तरास्ट्र संघको कार्यालयमा आक्रमण गरियो र त्यहा सुरक्षाकर्मिको रुपमा कार्यरत गोर्खाहरुको हत्या गरियो । पछी त्यही देशको क्यानेडियन दुताबासमा आत्माघाती हमला गर्दा पनि १७ जना जती गोर्खा मारिए । अहिले लडाकु समुह हमासले इज्रायलमा गरेको आक्रमणमा पनि १० जना नेपाली होनाहार विद्यार्थीको ज्यान गयो केही घाइते छन र एक जना बेपता पारीएको छ ।

कपिल बस्तु हिंशामा माओवादीले स्थानीय मोइद खानको हत्या गरे पछी बढेको साम्प्रदायिक हिंसामा १४ जनाको ज्यान गएको थियो र करीब सात सय घरपसल र तीन सय भन्दा बढी गाडीमा तोड्फोड र आगजानी भयो । यो घटनाले हिन्दू मुस्लिम र पहाडी मधेसिको स्वरुप ग्रहण गर्न पुग्यो र करिब १५ सय स्थानीय घरपरिवार बिस्थापित हुन पुगे ।

देश भित्र पनि हिन्दू चाडपर्ब हरु माथी हमला गरेर पटक पटक बिबादमा ल्याउने काम बिगत केही समय देखी हुँदै आएको छ । दसैं सुरु हुने बित्तिक्कै र गढिमाइ मेलामा बलिको कुरा उठाएर बिरोध गर्न सुरु हुन्छ र मिडियाले पनि राम्रै कभरेज दिन्छ । तिनै मिडिया धरान घटनाको कुरो भने उठाउदैनन । एक पटक गढिमाइमा पशुबलिको बिरोध गर्न गएका पशुअधिकार कर्मी भनिने हरु फर्केर आउँदा बाटोको होटेलमा मासुभात खांदै गरेका अबस्थामा फेला परेका थिए । जबकी अमेरिकामा त्यहाको थ्यांक्स गिविङको दिनमा ४ करोड ५० लाख टर्की चरा काटिन्छन कोही अधिकार कर्मी देखिदैनन ।

तिहारमा पड्का र पुराणबाचनमा लाउड स्पिकरले ध्वनी प्रदुषण भयो भनेर उफ्रिने हरु तराइ भेगका मस्जिदहरुमा बिहान ४ बजे तिर लाउड स्पिकरमा अल्लाह अकबर भनेर धेरैको निन्द्रानै डिस्ट्रब हुने गरेको कुरालाई कोही प्रदुषण भनेर आवाज उठाउदैनन । नेपालगन्जमा कसैले सामाजिक सन्जालमा मोहम्मद्को बारेमा नकरात्मक लेख्यो भनेर हिंशा भड्केको हो जबकी यता हिन्दू देबिदेवताहरुको तेजोबध गर्न बिसबमन गर्दा पनि भएकै छ । त्यस्तै स्वस्थानीको किताब जलाउने कुरा सांसद गर्दछन ,तिजमा महिलाले श्रीमान को लागि ब्रत बसिदिनु पर्ने ? जेन्डर समानताको युगमा भनेर कुर्लिने भेटिन्छन् त्यस्तै मनुस्मिर्तिले महिला माथि बिभेद गरेको कुरा जोडतोडले उठाउने हरु भेटिन्छन् जबकी तिनीहरुनै यो आस्था परम्परामा महिलालाई जिबित देबिको रुपमा पुजिने कुरा दसैं तिहार जस्ता पर्बहरुमा मातृसक्तिको उपासना पूजा आराधाना गरिने कुराको बारेमा केही आवाज दिदैनन । केही बर्ष अघी दसैंका लागि ल्याएका खसी च्यांग्राहरु एक मुस्ट किनेर जङलमा छोडिदिने समुह निस्केको थियो । केही स्वनाम धन्यहरु दसैंको आगमन पस्चात दसैं हाम्रो चाड नभएकोले टिका बहिस्कार गरौ भन्दै अभियान चलाऊछन तर तिनै अभियान्ता भनिनेहरु क्रिसमस हाम्रो होइन नमनाउ र भ्यालेन्टाइन पनि हाम्रो संस्कृति होइन भन्ने कुरामा एक शब्द बोल्दैनन ।

कुनै नेता प्रधानमन्त्रीले लुम्बिनिको भ्रमण गर्‍यो भने सामान्य रुपमा लिने गरिन्छ तर त्यही नेता पशुपती दर्शन गर्न गयो भने ठुलो समाचारको बिषय बनाउने गरिन्छ र धर्म निरपेक्ष्यता जान लाग्यो भन्दै कोकोहोलो सुरु हुन्छ । तिहारमा देउसी भैलो खेल्दा निन्द्रा बिथोलिनेहरुका रातभर डिस्कोमा घन्केका म्युजिकले केही असर गर्दैन । श्री निवासआचार्यले दिएको अभिब्यक्तिलाई हिंशा भड्काउने खालको ठानेर पक्राउ गर्नेहरु मङोल नेसनल अर्गानाइजेसनका अगुवा ,इस्लामी समुहका युबाहरु ,मस्टो पुज्ने हुँम भन्ने नाइके हरु र इसाइ पास्टरहरु अनी आङ्काजी शेर्पा ,मित्र परियार ,दलमर्दन कामी ,केशब मान शाक्य ,जिबन मङोल ,आहुती दुलाल , मान वीर राइ खगेन्द्र सङ्रौलाहरुको त्यस्तै अभिब्यक्ती लेख ,रचना आदिको बारेमा थाहा नपाएझै गर्छन् सम्बन्धित निकाय हरु । यस्ता सामाजिक सद्भाव बिगारने कुराहरु प्रती नियन्त्रण गर्दै सबै आस्था धर्म संस्कृतिहरु सम्मानपूर्वक मान्न पाउनु पर्ने कुरामा सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नु जरुरी छ । बिजया दशमीको सबैमा हार्दिक मंगलमय शुभकामना !!!

प्रतिक्रिया