एनआरएनए काठमांडौं विश्व सम्मेलनको दुःखद दोहोरो सवाल जवाफ, वातानुकूलित साथै स्वास्थ्यवर्धक थिएन

लेखक- खगेन्द्र अधिकारी २०८० कार्तिक २ गते २०:५४ मा प्रकाशित

संयुक्त राज्य अमेरिका,वासिंटन, डि.सी.।

एनआरएनए” काठमांडू विश्व सम्मेलनमा घटेको दुःखद “झाँक्री” दोहोरो सम्वादको सवाल जवाफ घटना प्रति सबै गैर आवासीय नेपालीहरु ध्यानपूर्वक सम्यमित र संवेदनशील बनौं।

म पनि बिदेशी अर्थात् गैर आवासीय प्रवासी नेपाली बनेको करिव तिन दशक पुरा हुन लागेछ।मेरो अनुभमा नेत्री रामकुमारी झाँक्रीले फुर्तीलो र भाव आक्रोशित बन्दै मफ्तवमा ओकलेका धेरै तथानाम र अपमानजनक अप शब्द र कुराहरू केहि हद सम्म सही र केहि हदमा गलत पनि हुन सक्ने हुन्छन् होला र यो वृहत स्तरमा छानबीन र छलफलको बिषय बन्न पनि सक्छ होला भन्ने मेरो बुझाई छ।

तर भाषाणमा बोल्दा र भन्दा खेरी चैं चैन गरिएका शब्दहरूको प्रयोग भने पटक्कै सुहाएको देखिदैन। देशको राष्ट्रिय नेता हुँ भन्ने व्यक्तित्वले सौहार्द पूर्ण कार्यक्रममा एक्कासी जुरुक्क उठेर कार्यक्रम संचालकको अनुमति बिनानै क्रोधित भएर मातृभूमिमा प्रवेश गरेका र प्रवासी भूमिमा रहेका प्रिय आफ्ना नागरिकहरु प्रति महान राष्ट्रिय चहाड बड़ा दशैको पूर्व संध्यामा नमीठो बिषयलाई मीठो तरिकाबाट प्रस्तुत गर्न जान्नु पर्थ्यो त्यसको चैं नितान्त रुपमै अभाव भएको महसूस भयो।

यस प्रकारका दुःखदायी गाली-गलौज र सुनियोजित तरिकाको चटके सादू भेषयुक्त तौडतरिकाहरु प्रतिष्ठित र सार्वजनिक प्रत्यक्षदर्शी अर्थात् औपचारिक र अनौपचारिक कुनै पनि सुन्दर कार्यक्रमहरुमा नभएकै राम्रो हुनेछ भन्नेमा बिस्वास लागेको छ।

नाटकीय घटनाक्रम उब्जाई बिभाजित मनसाय बाट ग्रस्त भएर स्वदेशी एवं प्रवासी नेपाली पहिचानलाई विश्व सामु कसैले पनि प्रदर्शन नगरे नै गैर आवासीय नेपाली अभियान सफल र उपलब्धिमुलक हुनेछ भन्नेमा सबैले बिस्वास गरौं।

नाटकीयताको खोल प्रयोग गर्दै आाँफु झुटो र छोटो प्रसिद्धिको मुख्य पात्र हुँनको लागि लागिपरेकाहरु प्रति सधैं सचेत रहनु हामी सबै आदरणीय र मान्यवर गैर आवासीय नेपालीहरुको साझा बिस्वास हुनेछ भन्नेमा नै खुसि व्यक्त गरौं।

बिश्व मै सुन्दर देश मानिएको नेपालको राजधानी काठमांडौंमा संपन्न भै रहेको “एनआरएनए” विश्व सम्मेलनको दौरानमा प्रवासी एवं स्वदेशी व्यक्तित्वहरु बाट नै गैर आवासीय नेपालीको सम्मान र मातृभूमि नेपाल प्रति ईमानदार रुपमा प्रतिबद्ध हुन बाट बन्चित हुँदै आवश्यक मुल्य र मान्यता भन्दा बाहिर रहेर केहि हदमा व्यक्तिगत र अनेकौं रुपमा सार्वजनिक दाईत्वको प्रतिनिधित्व गर्दै दुःखद सार्वजनिक र घटिया घटना संप्रेषित भएको प्रति सबैलाई सचेत हुन आग्रह गर्दछु।

साथै एकपटकको नेपाली नागरिक मरणोत्तर पनि नेपाली नै हुँने भन्ने प्राकृतिक र सर्वोच्च स्वीकारोक्तिलाई कसैले पनि अपभ्रंश नगरी नेपालीलाई सधैं नेपाली नै रहनको लागि अभिप्रेरित गर्ने उपलब्धिमुलक गैर आवासीय नेपाली अभियानलाई हामी सबैले महसूस गर्दै अगाड़ी बढ्न हार्दिकता सहित अनुरोध गर्दछु।

गैर आवासीय नेपाली संघका वरिष्ठ र वर्तमान पदाधिकारी बाट “आज झाक्री दिदीले अल्लि धेरै बोल्नु भो” भनेको के हो? तपाईहरुले कि बोलेको गलत हो भन्न सुहाँउदछ कि बोलेको कुरा पुरै गलत होईन भन्न सक्नु पर्छ। दुई धारको कुराले वास्तविकता पुरै लुक्न गयो।

गैर आवासीय नेपाली संघको आधिकारिक प्रतिनिधि भए पश्चात पनि सार्वजनिक र साझा बिषयलाई हलुका तवर बाट हचुवाका भरमा बिषय र वस्तुस्थितिलाई कमजोर तवरबाट आँकलन गर्दै संवेदनशील विषय बस्तुमा स्पष्ट धारणा नराख्दा, ज़िम्मेदार संप्रेषित सार्वजनिक सामाजिक संजालका स्टाटसहरू प्रति तर्कसंगत गैर आवासीय अभियानलाई तदारुकता दिने नेपालीहरु बाट नै बेग्ला बेग्लै र आआफ्ना धारणाहरु व्यक्त हुन हुन पुगेको सर्वविदित नै छ।

यसर्थ र यस प्रकारका सोचमा आउने दिनहरुमा यस्ता सन्दर्भमा विश्व भरिका एन.आर.एन.ए. अभियानका समग्र हितैषी बुद्धिजीवीहरु सचेत हुन जरुरी भै सकेको छ भन्नेमा पनि दुईमत नहोला भन्ने बिस्वास गर्दछु। म स्पष्ट संग आगे आपकी मर्ज़ी भन्नेमा छुट नगरी “स्पष्ट वक्ता सुखि भवेत:” र ” सत्य वचन तीतो नै हुन्छ” भन्दै आदरणीय आधिकारिक पदाधिकारी बाट स्वास्थ्यवर्धक वक्तव्यवाजीमा मात्र बिस्वास गर्न सकारात्मक दृष्टिकोण राख्नु हुनेछ भन्नेमा अडिक रहन आवाहन समेत गर्दछु।

यसरी नै हामी बिल्कुल सामाजिक प्राणी भएका खातिर यो समाज हामीलाई नभै हुँदै-हुँदैन।हामी सबै विवेकसील सामाजिक प्राणी भएकाले हामी मानिसहरु सबै हाम्रो समाजमा, हाम्रो समाजको मद्दत, सहारामा र समाजकै लागि बाँच्नु पर्ने मान्छेहरु हौं। तर आजकल हाम्रो समाज यति धेरै ठग, बिशाक्त,फोहरी, अप्राकृतिक, अपराधी र निर्लज्जताले भरिपूर्ण हुन पुगेको छ।अव कसरी बाँच्ने र गुजरा गर्ने र यस समाजमा रहने भन्ने प्रकारका सोचमा मानिसहरु बाट प्रश्नहरु उब्जिएका छन्।अन्ततोगत्वा यि सबै सवालजवाफहरुलाई हामी बाट नै चिरफार र समाधान गर्न आवश्यक हुनेछ।

यस प्रकारका अपरिपक्कताहरु गैर आवासीय अर्थात् प्रवासी नेपालीहरुमा पनि देखिएको हुदा बेलैमा हामीहरु सतर्क बनौं र
गैर आवासीय नेपालीहरूको हालै मात्र काठमांडौंमा संचालित भै रहेको अविच्छिन्न र अविचलित विश्व विश्वसम्मेलमा यसपालि गैर आवासीय नेपाली संघलाई विगतका तिता कमि कमजोरीहरुलाई सुधार्न साच्चिकै गैर आवासीय नेपाललाई संवेदनशील र विवेकशील ढंगबाट सोचेर गुट र उपगुटमा नलागिकन सम्पूर्ण प्रवासी नेपालीहरूको साझा हकहीत र समावेशि संस्था बनाउंदै प्रवासी नेपालीहरुको एकता र मात्रिभूमि, नेपाल प्रतिको उत्तरदायित्व विश्वभरी सम्वर्धन गर्ने, नेपाली भाषा संस्कृतिको प्रवर्द्धन गर्ने, वंशजको नेपाली नागरिकताको निरन्तरताको लागि नेपाल सरकार संग बिना चाकरी, बिना चुक्ली, बिना चिल्लों-चापुल्लो र अनावश्यक चापलूसीको सर्वमान्य सिद्धांत बमोजिम स्वतन्त्रता पूर्वक नजिक बाट आबद्ध र चनाखो बनेर संबाद गर्न योग्य र क्षमतावान समावेशी उम्मेदवारहरुलाई मतदान गरेर सम्पूर्ण बिदेशी भूमिमा बसोबास गर्नै मातृभूमि प्रति आभारी भूमिका निर्वाह गर्न सकारात्मक र सक्षम प्रतिनिधिलाई मौका प्रदान गर्ने बारेमा सहज र सहयोगी दृष्टिकोणमा अवतरण हुन आवश्यक मात्र नभएर जरुरी भएको व्यहोरा आदर सहित यथोचित रुपमा संप्रेषित गर्दछु।

अन्तमा महान सांस्कृतिक चाडहरु बडादशैं, तिहार, नेपाल संवत्, छैठ र अन्य सबै पर्बहरुको शुभ उपलक्ष्यमा स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई एबं दिदिबहिनीहरुमा शान्ति, सु-स्वास्थ्य, दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

तनमा सुख अनि मनमा शान्ति
जीवनभरि नै साथ रहुन्!
चिन्ता, पीड़ा छुटून् , हटून् सब,
बाँकी रहेका जे जति छन्!
आफ्नु, अरूको, सबको हितमा,
लागोस् सारा तन, मन, धन!
शुभ कर्मले पुलकित रहिरहोस्
अनि उत्सवमय बनोस् सबैको
सुन्दर र सार्थक जीवन!!

अस्तु!!
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

प्रतिक्रिया