हिन्दु धर्म तथा सास्कृतिक सङ्गठन (OHRC) ले ५ दिने कुर्म पुराणको प्रारम्भ गरेको छ। ५६५० ल्याङकास्टर स्ट्रीट ह्यरिसबर्गमा रहेको सोही सस्थाको मन्दिर श्री लक्ष्मीनारायण हरिहर धाममा अक्टुबर १८ बाट सुभरम्भ भई २२ तारिकका दिन समापन हुने छ।
कुर्म पुराण अमेरिकाकै इतिहासमा पहिलो त हो नै त्यसमा पनि भुटानी तथा नेपाली समुदायका बिदुसिहरूले कथा प्रबचन, पाठ पारायण तथा भजन कृतन समेत महिलाले नै गर्ने छन, जुन अर्को इतिहास हो।
बिदुसी देबीका खनाल, डा. लक्ष्मी नेपाल र बिदुसी फाल्गुना पोखरेलका मुखारा बिन्दबाट प्रबचन हुने छ भने अन्य बिदुसीहरूबाट पाठ पारायण र हरिमाया अधिकारीबाट भजन कृतन हुने बताइएको छ!
आज अक्टोबर १८ का बिहान ९ बजे कलस यात्रामा करिब ५०० भक्तजनको उपस्थिती रहेको थियो भने पेन्सीलभेनियका गोभरनरको प्रतिनिधित्ब गर्दै सेसिन, भुटनिज कम्युनिटिका अध्यक्ष तिलक निरौला, श्री बैष्णब परिषद ह्यसरिसबर्गका अध्यक्ष टिका ढुङ्गाना लगायतले आतिथ्य गरेको कार्यक्रममा निरौलाले सबै हिन्दुहरूलाई अक्टोबर र नमेम्बरलाई यस राज्यका गोभरनर जोस सेफारोले हिन्दु महिना घोषणा गरेको जानकारी गराउदै सम्पुर्ण हुन्दुहरूलाई बिजय दशमी तथा शुभ दिपावलीको शुभकामना दिए, रेसिनले गोभरनरको शुभकामना सन्देन बाचन गरेका थिए। उनले यसरी हिन्दुहरूले आयोजना गरेको कार्यक्रममा सारिक हुन पाउदा खुसी ब्यक्त गर्दै गोभरनरले जुनसुकै धर्मको भए पनि यस राज्य उनीहरूको समेत घर रहेको सन्देश प्रबाह गरे।
सस्थाका अध्यक्ष प्रेम खनालले शुभकामना सन्देशका साथ सबै स्रदालु भक्तजनहरूलाई उपस्थितीका निम्ती आह्बान गरेका थिए। सस्थाकी उपाध्यक्ष बसुदा रिजाल र बोड मेम्वर ठाकुर घिमिरेले कार्यक्रम सन्चाल गरेका थिए भने नारद अरिकारीले यस पर्बका बारेमा बोलेका थिए। कार्यक्रम अक्टुबर २२ सम्म चल्ने छ।
-सि एम निरौला
अमेरिका
प्रतिक्रिया