जीवन जगत-सुबास ढकाल

इनेप्लिज २०८० कार्तिक १ गते २२:१८ मा प्रकाशित

म म म मात्र म । मै राम्रो अनी मै जान्ने । तिमी ” तिमी त खासै केही होइनौ, कोही होइनौ ” । म जती जान्ने त कोही छैन, मलाई सबै कुरा थाहा छ, केही थाहा पाउनु परो र तिमीलाई ? म म जती राम्रो त कोही छैन, हेर त कस्तो देखिएको तिमी ?

मै खाँउ, मै लाँउ मोजमस्ती म नै गरुँ । म म म मात्रै हो र ? हामीमा किन यो सोच नआको होला । म म भन्दाभन्दै हामी आफ्नै आत्ममुग्धतामा मात्रै रमाउनु थालिसकेउँ । अरुले के भन्छन, अरुको के सोच छ, मतलब नै छैन ।

अरुलाई होच्याएर बोल्छौ, हेपेर बोल्छौ । आफुमात्र बोल्छौ, अरुको सुन्दैनौ । अतिले खती गर्छ । अती आत्ममुग्धता अत्यन्त हानिकारक हुन्छ रे । विस्तारै विस्तारै सबैसँग पर पर हुँदै गइन्छ रे ।

अनी त म म मात्रै म ।

प्रतिक्रिया