अमेरिकाद्वारा हमासका कार्यकर्तामाथि नयाँ प्रतिबन्ध

इनेप्लिज २०८० कार्तिक १ गते १६:५५ मा प्रकाशित

अमेरिकाले हमासका कार्यकर्तामाथि नयाँ प्रतिबन्ध लगाएको छ ।

अमेरिकी ट्रेजरी विभागले बुधवार आतंकवादी समूहको लागि राजस्व प्रवाह रोक्न “हमास आतंकवादी समूहका १० प्रमुख सदस्यहरू, सॅचालकहरु र आर्थिक सहयोगीहरू” माथि प्रतिबन्ध लगाएको छ।

नयाँ प्रतिबन्धको घोषणा राष्ट्रपति जो बाइडेन इजरायलमा गत साता हमासको हमलापछि देशलाई आफ्नो समर्थन देखाउनको लागि आएका हुन भनि सिएनएनले लेखेको छ ।

ट्रेजरी (धनसार)विभागका अनुसार नयाँ प्रतिबन्धहरूले हमासको गोप्य लगानीका उच्च स्तरिय पदाधिकारीहरु सम्बन्धित छ व्यक्तिहरू, हमासका दुई वरिष्ठ अधिकारीहरू, र गाजामा आधारित भर्चुअल( परोक्ष) मुद्रा आदान-प्रदान र यसको सॅचालकहरुलाई लक्षित गरेको छ।

प्रतिक्रिया