टेक्ससको घरबार बिहिनलाई खाना खुवाउने नेपालीद्वारा संचालित एचडिएनपी अन्तर्राष्ट्रियले गाला कार्यक्रम मार्फत २७ हजार डलर संकलन

इनेप्लिज २०८० कार्तिक १ गते १:०५ मा प्रकाशित

विजय थापा ,डिसी महानगर क्षेत्र । एचडिएनपी अन्तरराष्ट्रियले कोष संचालन हेतु आयोजना गरेको गाला कार्यक्रम २०२३ मार्फत करिव २७ हजार डलर संकलन गर्न सफल भएको छ । तर त्यो संकलन मध्ये खर्च १६ हजार लागेको संचालक देवी डेविड आचार्यले इनेप्लिजलाई बताए । बाकि रहेको पैसाले नियमित रुपमा संचालन हुने अन्य बिबिध कार्यक्रमहरुमा खर्चिने बताए ।

उक्त कार्यक्रममा नगर प्रमुख,बिभिन्न राजनीतिक दलका नेता ,जनप्रतिनिधि ,ब्यापारी, उच्च ओहदामा रहेका व्यक्तित्वहरु ,नेपाली समुदाय सदस्य ,बिभिन्न राष्ट्रहरुका बिदेशी पाहुना सहितको सहभागिता रहेको थियो ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । र ,यसको स्थापना र संचालन नेपालीले गरेका हुन् ।

स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ । र ,उनीहरुकै लागि नियमित कार्यक्रम गर्न सकियोस भन्ने हेतुले आयोजना गरिएको कार्यक्रम यस बर्ष अत्यन्तै सफल हुन् सकेको जानकारी संस्थापक सभापति तथा संचालक देवी डेविड आचार्यले इनेप्लिजलाई जानकारी दिए।

गत शनिबार अक्टोबर १४ का दिन एचडिएनपी अन्तरराष्ट्रियले टेक्ससमा कोष वृद्धि समारोहको आयोजना गरेको थियो । बिगत बर्षमा झैँ यस बर्ष पनि फन्डराइजर गाला २०२३ नाम दिईएको थियो । उक्त समारोहको २०२३ गाला टिम अर्थात् समारोह समूह २०२३ पनि बनाईएको थियो । उक्त कार्यक्रममा बिशेष व्यक्तित्वहरुको सत्र ,रात्रिभोज ,विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि नृत्य र सङ्गीतको प्रस्तुति ,लिलाम तथा पुरस्कार बितरण कार्यक्रम समेत गरिएको थियो ।

समारोहका सभापति आचार्यले स्वागत मन्तब्य राख्दै उपस्थिति हुने ,प्रायोजक तथा सहयोग गर्ने सबैलाई बिशेष धन्यवाद दिएका थिए । साथै समूहका सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

यस पटक कार्यक्रम व्हाइट रुम नामक स्थलमा कार्यक्रम भएको थियो भने कार्यक्रम साँझ ६ बजे देखि राती ११ बजे सम्म चलेको थियो । साथै घरबारविहीनहरूलाई सहयोग गर्ने र समुदायमा उल्लेखीय भूमिका निर्वाह गर्नेहरुलाई सम्मान कार्यक्रम समेत रहेको थियो ।

प्रतिक्रिया