बडा दशैँ  सन २०२३/विसं  २०८० को शुभसाईत तथा तिथिमिति अमेरिका लगायत विभिन्न देशको लागि

इनेप्लिज २०८० असोज ३० गते १०:४६ मा प्रकाशित

एचसीसी संवाददाता , अमेरिका

बडादशैँको हार्दिक शुभकामनासहित अन्तराष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत जुराएको छ । दशैँको टीकाको साइत नेपालमा ११:०२ बजेमा छ भने कुन देशमा कुन दिन, कति बजे ? हेर्नुहोस् –

यस वर्षको दशैँको टीकाको साइत नेपालका लागि कार्तिक ७ गते ११:०२ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिको असोज २१ गते बसेको बैठकले टीकाको शुभसाइत र समयतालिका निर्धारण गरेका छन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे शुभसाइत र समय निकालेको छ। नेपालमा भने कार्तिक ७ गते ११:०२ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

कुन देशमा कति बजे कहिले टीका लगाउने ?

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्यसचिव लक्ष्मण पन्थीसँगको कुराकानीका आधारमा अमेरिका र क्यानडामा २३ तारिखको शुभ साईत जुरेको छ भने कोरिया, कतार, मलेसिया, दुबई, साउदी अरब, जापान, अस्ट्रेलिया, पोर्चुगल, बेलायत, थाईल्यान्ड, भुटान, बर्मा, सिंगापुर, नर्वे, स्विट्जरल्यान्डमा अक्टोबर २४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा अक्टोबर २३ तारिख १०ः४७ बजे, वाशिंटन डिसी, भर्जिनिया, मेरिल्याण्ड वरपर १०ः ५३ बजे, केन्टुकी ११ः३१ बजे, टेक्सास ११:३ बजे र क्यालिफोर्निया १०:३१ बजे सोही दिन अक्टोबर २३ तारिख दशैँको टीकाको शुभसाइत जुरेको छ । त्यसै गरी सोही दिन अक्टोबर २३ तारिख ११:१७ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दशैँको टीका लगाउनको लागि उत्तम साइत जुरेको छ।

तलको विज्ञप्तिमा प्राय धेरै वटा देश तथा ठाउँको शुभसाईत हेर्न सक्नु हुनेछ ।

प्रतिक्रिया