अमेरीकामा महागुरु सुनिललाई राष्ट्रपति सेवा पदक

इनेप्लिज २०८० असोज २९ गते २३:२९ मा प्रकाशित

विगत डेढ दशकदेखी अमेरीकामा बसोबास गदै अमेरिकालाई आफ्नो कर्म थलो वनाउदै आएका नेपाली मूलका मार्शल आर्ट्सका महा गुरु सुनिल शाक्यलाई हालै अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति सेवा पदक २०२३ स्वर्णले सम्मानीत गरेको छ।

मेरील्यान्ड राज्यको वर्लिन शहरमा रहेको चेसापिक मार्शल आर्ट्सका मुख्य प्रशिक्षक महा गुरु सुनिल विगत तीन दशक देखी मार्शलमा समर्पित रहेका छन् ।

उनि मार्शल आर्ट्सका विश्व बिजेता , विश्व किर्तिमानधारी हुन भने उनको नेतृत्वमा अमेरिकी टोलीले विभिन्न अन्तराष्ट्रिय विश्व प्रतियोगिताहरुमा सफलता हासिल गर्दै आएको छ।

मार्शल आर्ट्सको माध्यमवाट समाजमा उनले पुर्याएको सामाजिक कार्यहरुको उच्च मुल्याकन गर्दै अमेरिकी सरकारले उनलाई राष्ट्रपति सेवा पदक २०२३ स्वर्ण वाट सम्मानित गरेको हो।

प्रतिक्रिया