एनआरएनए भनेको अन्तराष्ट्रिय नेपाली समुदायको सबै भन्दा ठुलो र नेपाल सरकारले बैधानिकता दिएको एक मात्र संस्था हो। यस्को साखा ८५ देशमा फैलिएको छ र जहाँ नेपाली दुतावास छैन त्यहा अबैतनिक राजदुतावासको रुपमा काम गरिरहेको छ। संस्थाले सुरु सुरुमा धेरै राम्रो काम गरे पनि पछिल्लो चरणमा राजनितिक हस्तक्षेपको कारण संस्था चरम समस्या ग्रस्त छ।
राजनितिक भातृसंगठन र पार्टीका नेताहरुलाई खुशी बनाउने मेसोमा NRNA आफ्नो मुल मर्म र धर्मबाट डमगाएको कुरा सर्बसाधरण NRNA कै अग्रजहरुले पनि बताउदै आएका छन। पहिला पहिला चुनाबमा उम्मेदवार दिदा तपाई कुने देश बाट वा कुन क्षेत्रबाट हो भनेर सोधिन्थ्यो तर अहिले चै तपाई कुन पार्टीको उम्मेदवार भनेर सोधिन्छ, यहाँ भन्दा बिडम्बना अरु के हुनसक्छ?
अहिले NRNA मा लागेका अधिकांस मानिसहरु साच्चिकै समाजसेवामा लाग्नुभन्दा पनि सामाजिक रवाफ देखाउनलाई लागेको देखिन्छ। काठमाडौमा आएर, खादा,माला र केही नेपालका नेताहरु तथा बिशिष्ट ब्यक्तिहरु संग फोटो खिचाउनुनै उनीहरुको NRNA को यात्रा सफल भएको ठान्नेहरुको जमात बढी छ। केही मानिस चाहि बौद्दिक बर्गकै भए पनि राजनितक क्यान्सरले थला पेरका छन, त्यसैले यस्ता रोगी अभियान्ताले संस्थालाई आफ्नो ज्ञान र सिप अनुरुपको योगदान दिन सकेका छैनन।
NRNA ले एकचोटी उपेन्द्र महतो अध्यक्षहुदा जनकपुरमा महाधिबेशन गराउनु भएको थियो , त्यसपछि यता काठमांडौ बाहिर अधिबेशन भएको मलाई याद छैन। हामीले काठमाडौमा अधिबेशन र चुनाब गर्दा कम्तिमा पनि १० करोड भन्दा बढी खर्च गर्छौ, हरेक चोटी काठमाडौको तारे होटलमा खर्च गर्नुको साटो हामीले दुरदराजको मोफसलमा अति दुर्गम क्षेत्रमा गर्न सकिदैन? हामीले अधिबेशनको लागी पश्चिम नेपालको कुनै अति दुर्गम जिल्लाको स्कुल वा कलेजमा अधिबेशन गर्ने, त्यही गाँउमा घरहरुमा पेईङ गेस्टको रुपमा बस्ने, त्यही उत्पादित दुध, दही, सागसब्जी, खसी, बोका, कुखुरा र गाउँकै लोकल तिनपानी खादा, उनीहरुको केहीदिनको लागी भए पनि जीबन सहज बनाउन र दशै र तिहारको लागी उनीहरुलाई खर्च जोहो गर्न कुनै साहु महाजनकोमा रृण लिन गईरहनु पर्दैन ।
हरेक चोटी काठमाडौको तारे होटलमा खर्च गर्नुको साटो हामीले दुरदराजको मोफसलमा अति दुर्गम क्षेत्रमा गर्न सकिदैन?
जुन खर्च काठमांडौमा अधिबेशन गर्दा हुन्छ, त्यसको १५% मै सबै काम सम्पन्न हुन्छ र बचेको पैसाले त्यही ठाउँमा राम्रो सुबिधा सम्पन्न, अस्पताल र स्कुल कलेजहरु बनाउन सकिन्छ।यसो गर्दा त्यस गाउका बासिन्दाहरुसंग उनीहरुको समस्या बुझेर नेपाल सरकार संग उनीहरुको मुध्दा जोरदार रुपमा संस्थागत रुपमा पनि उठाउन सकिन्छ। हामी बिदेशमा रहदा तारे होटलमा खाने र बस्ने त धेरै गरेका छौ, नेपाल आउदा पनी हामीलाई किन तारे होटल चाहियो? अलिकति मितब्ययी हुन सकिदैन?
३-४ दिन साधरण गाउमा गएर बस्न सकिदैन? हरेक अधिबेशन फरक फरक दुर्गम जिल्लाहरुमा अधिबेसन गरौ र बचेको पैसाले त्यहाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरौ। हामी सबै अति बिकसति देशमा बस्छौ, हामीले त्यसरी बनाएको अस्पताल र बिधालयहरुमा बिदेशबाट डाक्टर तथा शिक्षकहरु भोलेन्टियरको रुपमा पठाउन सकिन्छ।एनआरएनमै कति धेरै चिकित्सकहरु छन ,उनीहरुलाई सम्मानजनक ठाउदिएर भोलिन्टिएरको रुपमा पनि योगदान दिन अनुरोध गर्न सकिन्छ।
३-४ दिन साधरण गाउमा गएर बस्न सकिदैन? हरेक अधिबेशन फरक फरक दुर्गम जिल्लाहरुमा अधिबेसन गरौ र बचेको पैसाले त्यहाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरौ।
यसरी हामीले दुर्गममा गाउँहरुमा जान सके मात्र साच्चिकै एनआरएनए भनेको नेपाली जनताको लागी रहिछ भन्ने आभाष हुन्छ। दशै तिहार भन्दा एनआरएनएको महाधिबेशन मानिसहरुलाई खास लागोस, काठमाडौ आएर स्वयंम्भु र पशुतिमा दर्शन गरेर, पाँचतारे होटलमा अधिबेशन गरेर मात्रै यात्रा र अधिबेशन सार्थक हुदैन, हाम्रो अधिबेसन सार्थक पार्नको लागी बिकट गाउमा गएर, नेपाली जनताको पिर ,मर्का र समस्याहरु संग साक्षात्कार गरेर अघि बढे मात्र हामी सार्थक हुन्छ। नत्र जति तारे होटलमा कार्यक्रम गरे पनि ,तपाई हामी जतिसुकै सुकिला मुकिला भएर आएपनि, नेपाली जनताहरुलाई हर्ष न बिस्मात हुनेछ।
नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।
प्रतिक्रिया