एएनए एवं एएनएस द्वारा ग्रेटर वासिंटन, डि.सी. क्षेत्रमा मेयर नागेस कोइराला सँग भेंटवार्ता एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने

इनेप्लिज २०८० असोज २८ गते २:१० मा प्रकाशित

अमेरिका, वासिंटन डि.सी.

उत्तर अमेरिकी नेपालीहरुको प्रथम एवं लोकप्रिय सामाजिक राष्ट्रिय संस्था ए.एन.ए. एवं अमेरिकाको सबै भन्दा पुरानो ऐतिहासिक सामाजिक संस्था ए.एन.एस. द्वारा ग्रेटर वासिंटन, डि.सी. क्षेत्रमा पर्ने फेयरफ्याक्स सहर स्थित चर्चित नेपाली चमेना गृह तन्दुरी नाइट्समा October 15, 2023, आईतवारका दिन, नेपालको कोशि प्रदेश स्थित बिराटनगर महानगर पालिका का प्रमुख (मेयर) नागेस कोइराला सँग भेंटवार्ता एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने भएको छ।

उक्त कार्यक्रममा उपस्थितको लागि ग्रेटर वासिंटन, डि.सी. क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण अमेरिकी नेपालीहरुलाई अनुरोध गर्दै एएनए एवं एएनएस द्वारा सार्वजनिक निमन्त्रणा संप्रेषित भएको छ।

उक्त सार्वजनिक निमन्त्रणालाई जस्ताको तस्तै प्रकाशित गर्दै सो भेंटवार्ता एवं अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना सहित ईनेप्लिज परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

उपस्थितको लागि अनुरोध सहितको सार्वजनिक निमन्त्रणालाई निम्नानुसार प्रकाशित गर्दछौं।

हजुरहरु सम्पूर्णमा न्यानो अभिवादन एवं हार्दिक नमस्कार!
❤️🙏

बिराटनगर महानगरपालिका का नगर प्रमुख (मेयर) नागेस कोईराला ज्यू अहिले हाम्रै शहरमा हुनुहुन्छ। यहि आँउदो October 15, Sunday वाहाँ संग भेंटघाट गरि नेपालको खासगरी “बिराटनगर महानगरपालिका” को सन्दर्भमा विकास-निर्वाण, शान्ति-सुरक्षा एवं तत् सम्बन्धमा आवश्यक पूर्वाधार र आन्तरिक व्यवस्थापन आदि इत्यादिका बारेमा वाहाँको कुराहरु सुन्ने र हामीहरुको तर्फ बाट आवश्यकीय सवाल-जवाफ साथै सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम उत्तर अमेरिकाको प्रथम राष्ट्रिय सामाजिक संस्था Association of Nepalis in the Americas (ANA) एवं संयुक्त राज्य अमेरिकाको प्रथम ऐतिहासिक अमेरिकी नेपाली सामाजिक संस्था America Nepal Society (ANS) को संयोजकत्वमा नेपाली राष्ट्रिय महान चाहाड बड़ा दशैंको पूर्व संध्यामा राखिएको सहर्ष जानकारी गराउदै, यो हामी Greater Washington, DC क्षेत्रमा बसोबास गर्ने अमेरिकी -नेपाली समुदायका हजुरहरु सबैको साझा एवं महत्वपूर्ण भेंटवार्ता कार्यक्रम भएकाले हजुरहरु सम्पूर्ण परिवार सहित प्रस्तुत Flyer मा तोकिए वमोजिमको दिन र समयमा उपस्थितिको निमित्त सार्वजनिक रुपमा निमन्त्रणा गर्दै सबैलाई अनुरोध गरिएको व्यहोरा संप्रेषित गर्दछौं।

भवदीय,

खगेन्द्र अधिकारी
अध्यक्ष, ए.एन.ए. एवं परिवार
एवं
शुजित अर्याल
अध्यक्ष, ए.एन.एस. एवं परिवार

प्रतिक्रिया