संसारका प्राणी मात्रले फेरि दुख पाउने दिन शुरु भए!

कमला प्रसाईं हाल अमेरिका २०८० असोज २७ गते १:०८ मा प्रकाशित

रुस र युक्रेनबाट शुरु भएको लडाइँ समाप्त नहुँदै हमासको आतंककारी आक्रमणबाट इजरायल र Palestinian हमासको युद्धमा विश्व पून आक्रान्त हुन पुगेको छ।

युद्धलाई समर्थन गर्न नसकिए तापनि आतंककारी गतिविधिलाई समाप्त पार्न खोजिएको कार्य भने सकारात्मक कदम देखिन्छ ।
हमासको आतंककारी कार्यले रुस र युक्रेनको युद्दले सृजना गरेको अशान्त वातावरणलाई अझै भयावह बनाएको छ।

त्यसैले अब ठुला राष्ट्रहरुले यस्ता गतिविधिहरु हुन नदिन शान्तिको सन्देश फैलाउन जरुरी छ।
संसारलाई युद्ध होइन शान्ति चाहिएको छ।

अब बिश्वमा जनधनको क्षति हुने कार्य कतैबाट हुनुहँदैन। संसारबाट नै भेदभाव गर्ने, हेप्ने प्रवृतिको अन्त्य हुनुपर्छ।
शान्त निन्द्रामा सुतेका निर्दोषहरु जसरी मरे नि त्यो सार्है नै हृदयविदारक घटना थियो!!!!!

अन्तिममा सबैतिर न्याय र समानताको अभावको कारण फेरि तेस्रो बिश्व युद्ध शुरु हुने लक्षण देखिदैंछ!
यो हुनुभन्दा अगावै सबैमा चेतना फैलिनु जरुरी छ।

जय श्री पशुपतिनाथ

प्रतिक्रिया