अमेरिकाको पेनसेल्भेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधन अड्डा (पार्किङ ग्यारेज)मा बिहीबार राति भएको गोलीकाण्डमा फिलाडेल्फियाका एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
अन्तरिम प्रहरी आयुक्त जोन स्ट्यानफोर्डले दिएको जानकारी अनुसार राति ११ बजेपछि गोली हानाहान भएको थियो ।
स्ट्यानफोर्डले जनाए अनुसार प्रहरी अधिकारीहरूले व्यक्तिहरूलाई गाडीमा तोडफोड गरेको देखे तर संदिग्धहरूले गोली हानेपछि प्रहरीहरु तिनीहरूको नजिक पुगे ।
एक अधिकारीलाई उनको माथिल्लो धड़मा धेरै पटक गोली लागेको स्ट्यानफोर्डले बताए । उनलाई पेन प्रेस्बिटेरियन चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा राति ११:३० बजेपछि मृत घोषणा गरिएको स्ट्यानफोर्डले भने। अर्का अधिकारीको जेफरसन बिश्वबिद्यालय अस्पतालमा रहेको र उनको अवस्था स्थिर रहेको छ । उनको हातमा गोली लागेको थियो ।
स्ट्यानफोर्डले मृत्यु हुने अधिकारी ५० वर्षको र फिलाडेल्फिया प्रहरी विभागमा २२ वर्षको अनुभव रहेको बताए। विमानस्थलमा खटिनुअघि उनले २५ औं प्रहरी जिल्लामा समय बिताएका थिए ।
स्थिरमा रहेका अर्का अधिकारीको उमेर ६० वर्ष र विभागमा २० वर्षको अनुभव रहेको छ भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया