इजरायलमा बुबाआमाको हत्या गरियो तर उनिहरुका जुम्ल्याहा बच्चाहरू लुकाईएको अवस्थामा सुरक्षित फेला परेको सिएनएनले जनाएको छ ।
हमासले बच्चाहरुका आमाबाबुको हत्या गरेको थियो ।
गाजा पट्टीबाट केही माइल टाढा रहेको इजरायली किबुट्ज शनिबार हमास आतंकवादीहरूले आक्रमण गर्दा एक वर्ष भन्दा कम उमेरका जुम्ल्याहा बच्चाहरू चमत्कारपूर्ण रूपमा बाँचेका छन ।
उनीहरूका जवान आमाबाबुले उनीहरूलाई आतंकवादीहरूले मार्नु अघि लुकाएका थिए।
गाजा सिमानाबाट केही माईल टाढा रहेको केफर अजा किबुट्जमा सामूहिक हत्या भएको थियो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बिहीबार सामाजिक सञ्जालमा कथित नवजात शिशुको हत्या गरेको देखाएको भयानक तस्बिरहरू प्रकाशन समेत गरेको छ।
नेतान्याहूले भ्रमणमा रहेका अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनलाई हमासले मारेका र जलेका बच्चाहरूको डरलाग्दो तस्बिरहरू देखाएका थिए।
हामीले हत्या गरिएका व्यक्तिहरूको शव फेला पारेका छौं … विभिन्न उमेरका बालबालिकाको टाउको काटिएको, बच्चादेखि थोरै ठूला बच्चाहरू सम्म छन ,आइडिएफ प्रवक्ता मेजर लिबी वेइसले भने।
शनिबार मारिनेहरू मध्ये इटाई र हादर बर्डिचेभ्स्की थिए र दुवै ३० वर्षका थिए।
फ्रान्समा रहेको इजरायली दूतावासका अनुसार उनिहरुलाई हमासले मार्नु अघि उनीहरूले आफ्ना १० महिनाका जुम्ल्याहा बच्चाको ज्यान जोगाउन सफल भएको जनाएको छ ।
प्रतिक्रिया