इजरायलमा हमासको आक्रमणमा ७ युक्रेनी मारिए

इनेप्लिज २०८० असोज २५ गते १४:१० मा प्रकाशित

इजरायलमा हमासको आक्रमणमा ७ युक्रेनी मारिएको विदेश मन्त्रालयले जनाएको छ।

युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बिहीबार सामाजिक सॅजाल मेटामा जारी गरेको विज्ञप्तिमा हमासको आक्रमणपछि इजरायलमा मारिएका युक्रेनी नागरिकको संख्या सात पुगेको छ ।

सबै पीडितको पहिचान भइसकेको छ र उनीहरूका आफन्तहरूलाई सूचित गरिएको निकोलेन्कोले बताए ।

शव स्वदेश ल्याउनका लागि पहल भइरहेको समेत उनले जानकारी दिएका छन।

थप नौ युक्रेनी नागरिकहरू “विभिन्न गम्भीरताका” घाइते भएका छन् भने अन्य नौ जना अझै बेपत्ता भएको उनले भने ।

युक्रेनी दूतावासले बेपत्ताहरूको खोजी गर्न इजरायली सुरक्षा सेवाहरूसँग सहयोग गरिरहेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया