कलिउड नाइटमा इन्दिरा जोशीको धमाकेदार प्रस्तुति , अमेरिकामा जन्मेका बालबालिकाको बेजोड प्रस्तुतिको दर्शकद्वारा मुक्त कण्ठले प्रशंसा

विजय थापा २०८० असोज २१ गते ११:०३ मा प्रकाशित

डिसी महानगर क्षेत्र । गत अक्टोबर ७ शनिवारका दिन केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिवुड नाइट २०२३ कार्यक्रमले ऐतिहासिक सफलता हासिल गर्नुको साथै प्रशंसानै प्रशंसा पाएको छ । दर्शकले खोट लगाउने कुनै स्थान नभएको भन्दै हरेक बर्ष कार्यक्रममा सहभागिता जनाउने प्रतिक्रिया तत्कालै दिए ।

साथै दर्शकहरु अत्यन्तै हर्षित ,खुसी र गदगद देखिन्थे भने सर्वाधिक उत्कृष्टको भएको भन्दै अमेरिकामा यस्ता प्रस्तुति हेर्ने कहिले नपाईएकोमा गर्वको महसुस भएको कार्यक्रम हेरे पछि दर्शकले आफ्ना भनाई राखे ।

यस बर्ष पनि खचाखच भिड रहेको कार्यक्रममा विशेष आकर्षण मध्ये कै एक नेपालका चर्चित गायिका इन्दिरा जोशी सहित अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति बेजोड रहन गयो । कार्यक्रममा इन्दिरा जोशीले दुई पटक गर्दै आधा दर्जन भन्दा उनका कालजयी गीत प्रस्तुत गरेकी थिइन् ।

प्रारम्भमा देश भक्ति र मात्री भूमिलाई समर्पण गर्ने प्रस्तुति गरेकी थिइन् भने दोश्रो चरणमा नाच्ने शैलीको गीतहरु प्रस्तुति गरेकी थिइन् । उनले आमा, माछी मार ,उध्रेको चोली जस्ता गीतहरु प्रस्तुत गरेकी थिइन्।

दर्शकहरूले भरपुर मनोरञ्जन गरे भने समयमा सुरु भएकोमा दर्शकहरूले मुक्त कण्ठले केसी डान्स सेन्टरको प्रशंसा गरेका छन् । एक मिनेट पनि ढिलो नगरी समय मै समाप्त हुनु भनेको नेपाली समुदायमा असम्भव र दुर्लभ हुन्छ । कहिले ठिक समयमा आयोजना गर्न सक्दैनन् र हुने नसक्ने उदाहरण यस बर्ष र यस पटक पनि कलिवुड नाइट २०२३ ले सबैलाई आश्चर्य चकित बनाउन सफल भएको छ ।

कलिवुड नाइट २०२३ कार्यकमले अमेरिकामा रहेका नेपाली समुदाय र सम्पूर्ण संघ/संस्था आयोजकहरूलाई पाठ सिकाएको छ । कार्यक्रम यसरी गर्नु पर्छ र दर्शक समयमा नआएमा कसरी २-४ वटै प्रस्तुति पैसा तिरेर पनि हेर्न नपाएका दर्शकहरू पछुताएका छन् भने उनीहरू सचेत भएका छन् ।

कुनै पनि सांस्कृतिक तथा कलाकारहरूको कार्यक्रम ठिक समयमा कहिले नहुने र दर्शकहरू पनि ढिलो पुग्ने भएकोले प्रारम्भका उत्कृष्ट प्रस्तुतिबाट चुकेका छन् ।

७ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आएका बालबालिकाहरूले करिब ६ महिना अगाडी देखि अहोरात्र पूर्व अभ्यास गरेर आत्म विश्वास साथ गरेको प्रस्तुतिको जति नै गरे पनि प्रशंसा कमै रहन्छ । किशोरीहरूले नेपाली गीतहरूमा प्रस्तुत नृत्यहरूको कुनै व्यावसायिक नृत्याङ्गना /नृत्य गर्ने कलाकार भन्दा कुनै फितलो थिएन ।

हरेक प्रस्तुति उतिकै बेजोड प्रस्तुति रहन पुगेको थियो । ३ घण्टा सम्म चलेको उक्त कार्यकममा आधा घण्टा बिश्राम पछि
दोस्रो पुस्ताको प्रस्तुतिको चर्चा गर्दै एक पछि अर्का कार्यक्रम हेर्दा अद्वितीय रहेकोले दर्शकहरु मग्नमुग्ध रहन पुगेका थिए

दर्शकहरूले बेजोड प्रस्तुति हेर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए ।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको शुभारम्भमा काली दैत्य युद्ध सहित दसैँको दुर्गा अम्बे स्तुति सामूहिक प्रस्तुति सर्वोत्कृष्ट रहेको थियो । जस्मा कलाकार रिना केसी ,बिनाश अधिकारी सहितको प्रस्तुति रहेको थियो ।

कलिवुड नाइट २०२३ मा सामूहिक रुपमा लोक दोहारी झ्याउरेमा चमेली फूल मौरीमा हुल ,आँखैमा गाजल तामाङ्ग नृत्य प्रस्तुति रहेको थियो । साथै केसी डान्स सेन्टरका संस्थापक तथा संचालक नविन केसी तथा लुना श्रेष्ठ सहितले पूर्णिमाले चन्द्र रोज्यो नामक गीतमा बेजोड नृत्य प्रस्तुति गरेका थिए ।

यस पटक पनि सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका विभिन्न जातजातिका विशेष गीतहरूमा अमेरिकामा जन्मेका र केसी डान्स सेन्टरमै सिक्दै गरेका किशोरीहरूको प्रस्तुति बेजोड रहेको थियो ।

यस बर्ष नेपालका प्रसिद्ध वरिष्ठ कलाकारहरु शिवहरि पौडेल,खेम शर्मा,अन्जु थापा तथा सम्झना खतिवडाको प्रहसन बेजोड रहन पुग्यो ।

अमेरिकामा बुहारी सुत्केरी नहुन्जेल सासु/ससुरालाई नेपालबाट नबोलाईने व्यग्यको साथै गर्भवती भएकी बुहारीले टिकटकमा सामाजिक संजालमा भुडी सहित राखेको तस्बिर व्यापक भएको र अमेरिकामा २० हजार डलर मात्र प्रारम्भिक किस्ता (डाउन पे मेन्ट )तिरी घर आफ्नै भन्ने नेपालीहरुको फुर्तिलाई व्यंगात्मक प्रस्तुतिले निकै प्रशंसा पाएको छ ।

त्यस्तै सामूहिक नृत्यहरुमा दर्शन सलाम ,मारुनी-पानी मिठो मेरो हजुर तथा भैलिनी आगनमा बसे जस्ता अद्वितीय गीतहरुमा कलाकार राहुल केसी। अनिल केसी ,दिपेन सुबेदी ,रोमा भण्डारी ,लुना श्रेष्ठ लगायत कुल ७ दर्जन भन्दा ज्यादा कलाकारहरुको धमाकेदार प्रस्तुतिले सबै दङ्ग र खुसी भै आ-आफ्ना घर लागेका थिए ।

यस पटक पनि कार्यक्रमको अन्त्यमा दसैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि अत्यन्तै उत्कृष्ट रहेको थियो । जसमा मदन पुरस्कार बिजेता तथा वरिष्ठ साहित्कार तथा राधा पुस्तकका लेखक कृष्ण धरावासी ,मंजु बिमली तथा सिम्पल मोर्गेजका संस्थापक गणेश बानियाले मंचमै देउसी टोलीलाई आशिर्वाद दिएका थिए ।

कार्यक्रम सञ्चालन परशु तिमिल्सिना तथा बबिता प्रधान श्रेष्ठ तथा दोस्रो पुस्ताकी इशा ढुंगाना तथा सत्यम भुसालले लगायत कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यकमको सुरुमा र अन्त्यमा केसी डान्स सेन्टरका नबिन केसी तथा लुना श्रेष्ठले स्वागत तथा धन्यबाद दिएका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया