ज्यो.सुवेदीबाट एउटै भिडियोमा साताका सातै दिनको दैनिक राशिफल

इनेप्लिज २०८० असोज २१ गते १०:४८ मा प्रकाशित

काठमाडौं । ज्योतिषी दिपक सुवेदीबाट एक हप्ता भित्रका प्रत्येक दिनको दैनिक राशिफल सहितको भिडियो आउने गरेको छ ।

फोरकास्ट टेलिभिजन युट्युब च्यालनमार्फत उहाँले त्यस प्रकारको भिडियो ल्याउने गर्नु भएको छ । यो कार्यले ज्योतिष शास्त्र तथा राशिफलका पारखीहरुलाई प्रत्येक दिनको राशिफल सोही दिन हेर्नपर्ने र कहिले काहीँ राशिफलमा नराम्रो फल लेखिएको रैछ तर त्यो दिन विशेष कामको योजना बनिसकेको भएमा सम्बन्धितलाई तनाब हुने स्थितिबाट राहत मिल्ने देखिन्छ ।

सम्बन्धितले साताका सातै दिनको राशिफल साताको शुरुमै हेर्नपाए पछि हप्ताभित्रका कुन दिन कस्तो फलकारक छ भन्ने जानेर फाप्ने दिन राम्रो कामको योजना बनाउन र अफाप दिन सावधानी रहन पाइने हुनाले संभावित हानीनोक्सानीबाट बच्न सकिने तथा फापकर दिन राम्रो काम संपादन गरेर झन बढी सफलता पाउनसकिने ज्यो. सुवेदी बताउनु हुन्छ । सुवेदीको यस प्रकारको कार्यले हप्ताका प्रत्येक दिनको दैनिक राशिफल साताको शुरुमै जान्न पाएपछि फलोअर्सहरुलाई प्रत्येक दिनको राशिफल हेरिरहनपर्ने टन्टो नभएर हाईसन्चो हुने देखिन्छ ।

यस हप्ताका सातै दिनको लागि ज्यो. गुरु दीपक सुवेदीले तयार गर्नु भएको दैनिक राशिफलको ढाचाको साप्ताहिक राशिफलको भिडियो फोरकास्ट टेलिभिजन युट्युब च्यालनमार्फत यहाँहरुले जस्ताको तस्तै हेर्नसक्नु हुन्छ । जसको लिंक यहाँ पनि दिइएको छ ।

प्रतिक्रिया