प्रथमलाई ५१ हजार नगद र दोस्रोलाई  २१ हजार नगद दिनेगरी  पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुँदै

इनेप्लिज २०८० असोज १७ गते ११:०४ मा प्रकाशित

काठमाडौ । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखी वृहत खुल्ला कृकेट प्रतियोगिताको आयोजना गर्न लागिएको ख्याहा पाल्पा काठमाडौ समाज नेपालका सचिव कमल पाण्डेले जानकारी दिए ।

सचिव कमल पाण्डेका अनुसार भदौ २५ गते बसेको समाजको पुर्ण बैठकले कात्तिक ८ गतेदेखि १० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

खुल्ला क्रिकेट प्रतियोगिता रिब्दिकोट गा. पा – १ ख्याहा कराम्दीको खेल मैदानमा हुने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेलाई ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

समाजले बेला बेलामा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम, नि:शुल्क स्वास्थ शिबिर, रक्तदान, लगायतका सामाजिक काम गर्दै आएर सर्वत्र वाहवाही बटुल्दै आएको छ ।

प्रतिक्रिया