पोखरामा दृष्टिविहीन शिक्षीका न्याए खोज्दै आमरण अनसनमा ३ दीन देखी

इनेप्लिज २०८० असोज १६ गते १२:४२ मा प्रकाशित

पोखरा, १६ असोज । न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले पायक पर्ने ठाउँमा काम गर्न पाउँ भन्दैं ८ महिनादेखि गुहार माग्दा पनि कसैले नसुनेपछि आमरण अनसनमा बस्न बाध्य भएकी हुन् ।

८ महिनादेखि काठमाडौंदेखि विभिन्न मन्त्रालयमा धाउँदा समेत न्याय नपाएपछि शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गरेकी हुन् । उनका श्रीमान श्रीकान्त सापकोटा पनि पूर्ण दृष्टिविहिन छन् । श्रीमान् श्रीमती नैं रातदिन बगरचोक नजिक शिक्षा विकास तथा समन्व इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा अनसन बसिरहँदा राज्यका जिम्मेवार निकाय भने मौंन देखिएका छन् ।

भिडियो सहीत

प्रतिक्रिया