हप्ताका सातै दिनको दैनिक राशिफल एउटै भिडियोमा

इनेप्लिज २०८० असोज १४ गते १४:२४ मा प्रकाशित

ज्योतिष विज्ञान तथा राशिफलका पारखीहरूको रुचिलाई मध्यनजर गरी एउटा भिडियोमा हप्ताका सात दिनको छुट्टाछुट्टै राशिफल प्रस्तुत गर्ने प्रयास गरेको छु । यहाँले हेरेर लाभ लिनसक्नु हुनेछ भन्ने विश्वास पनि लिएको छु ।

ज्योतिष शास्त्र तथा राशिफलका फलोअर्सहरूलाई प्रत्येक दिनको राशिफल सोही दिनमात्रै हेर्नपर्ने र कहिले काहीँ राशिफलमा नराम्रो फल लेखिएको भएपनि सो दिन तय भएको विशेष कामकार्य नगरी पनि नहुने र बनिसकेको कामको योजना तत्कालै चेन्ज गर्न पनि कठिन हुने हुँदा मनमा द्विविधा अथवा तनाब हुने हुन्छ । यस्तो अवस्थाबाट गुज्रिएको अवस्थामा यसरी साताका सातै दिनको राशिफल साताको शुरुमै हेर्न तथा थाहा पछि फलोअरर्सले हप्ताभित्रका कुन दिन कस्तो फलकारक छ भन्ने जानेर फाप्ने दिन राम्रो कामको योजना बनाउन र अफाप दिन सावधानी रहनसक्ने हुनेछ । हप्ताका प्रत्येक दिनको दैनिक राशिफल साताको शुरुमै जान्न पाएपछि फलोअर्सहरूलाई प्रत्येक दिनको राशिफल हेरिरहनपर्ने टन्टो पनि हुँदैन ।

राशिफलमा विश्वास गर्नेहरूले यस प्रकारको राशिफल हेरेर बढी फाइदा उठाउन सक्नुहुने छ । साता शुरु हुनेबित्तिकै यस प्रकारले साताका सबै दिनको राशिफल हेर्न पाएपछि साता भित्रका कुन दिन कस्तो ग्रहगोचरको प्रभाव रहेको रैछ सो बुझेर जुन दिन आफूलाई ग्रहगोचरको प्रभाव अनुकूल रहेको छ सो दिन विशेष कामकार्यको योजना तर्जुमा गरी फाइदा लिन सकिने छ । र जुन दिन ग्रहले त्यति साथ दिएको छैन सो दिन विशेष खालको कामको तय नगरी सामान्य जीवन यापन गर्नसकिने छ ।

मान्छेले ज्योतिष विद्या, राशिफल लगायत विभिन्न साइत आदिको बारेमा वेवास्ता गर्दा कहिलेकाही विपरित परिणाम भोग्न परिरहेको पनि हुन्छ । हप्ता दिन पहिलानै कुन दिन कस्तो फलकारक छ भन्ने जान्न पाएपछि कुन दिन के गर्दा उचित हुन्छ भन्ने ज्ञान गरी अघि बढ्दा सम्बन्धित काममा सफलता प्राप्त गर्नसकिने हुन्छ भने यदि कुनै दिन नराम्रो फलकारक छ भने सो दिन सावधानी रहेर सम्बन्धित अनिष्टबाट बच्न सकिन्छ । फोरकास्ट टेलिभिजन युट्युब च्यानमा प्रस्तुत यस साताका सातै दिनको अलगअलग राशिफलसहितको एउटै भिडियो यहाँहरूले जस्ताको तस्तै हेर्नसक्नु हुनेछ ।

प्रतिक्रिया