८ वर्षिय बालकको शव झुण्डिएको अवस्थामा भेटिए वोर्डिङ स्कुलको होस्टल तोडफोड

इनेप्लिज २०८० असोज १४ गते १३:४७ मा प्रकाशित

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६ घण्टाघर स्थित उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन् ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेखका सलाम पुलामी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटना शंकास्पद भएको भन्दै आफन्तले बालकको शव अहिलेसम्म उठाइएको छैन । उनीहरु आन्दालनमा उत्रिएका छन् । आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरुमाथि अश्रु ग्याँससमेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिका सदस्यलाई लाई नियन्त्रणमा लिएको सुर्खेतका एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।

https://www.youtube.com/watch?v=Jg-Cz6meLeE

प्रतिक्रिया