अमेरिकी संघिय सरकार बन्द हुनबाट बालबाल बच्यो ,सिनेटद्वारा अन्तिम समयमा कामचलाऊ कोष पारित

इनेप्लिज २०८० असोज १४ गते १:४३ मा प्रकाशित

लामो समय देखि अमेरिकी तल्लो सदनमा चलेको खिचातानी र अलमलिई रहेको बिधेयक अन्तत्वगत्वा बालबाल बचेको छ । अमेरिकी माथिल्लो सदन सिनेटद्वारा अन्तिम समयमा कामचलाऊ कोष पारित गरेको छ । यो पारितसंगै अस्थायी रुपमा संघीय सरकार बन्द हुने सङ्कट अस्थायी रुपमा टरेर गएको छ ।

तर यो अस्थायी रुपमा मात्र टरेको हो । सिनेटले संघीय सरकार बन्द (शटडाउन )रोक्नको लागि आफ्नो अन्तिम मितिको केही घण्टा भित्र कामचलाऊ कोष उपाय पारित गरेको छ।

सिनेटमा पारित गर्न पर्छ भन्ने मत ८८ परेको थियो भने हुदैन भन्ने पक्षमा ९ मत परेको थियो । अब यो विधेयक स्वीकृतिको लागि राष्ट्रपति जो बाइडेनको कार्यालय मा जान्छ।

विधेयकले नोभेम्बर १७ सम्म संघीय सरकारलाई खुला राख्नेछ । यसमा प्राकृतिक प्रकोप सहायता समावेश गरिएको छ भने तर युक्रेन वा सीमा सुरक्षाको लागि अतिरिक्त कोष समावेश गर्दैन भनि सिएनएनले जनाएको छ

यसले संघीय उड्डयन प्रशासनलाई सञ्चालनमा राख्ने उपाय पनि समावेश गर्दछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया