“१०० किमी ट्रायल वाकर” प्रतियोगितामा ब्रिटिस आर्मीको “क्युजिसी रेड” प्रथम, “नेपाल रन यूके” दोस्रो

इनेप्लिज २०८० असोज ७ गते ९:५३ मा प्रकाशित

लण्डन — बेलायतमा हुने प्रसिद्द “१०० किमि वाल्कर” प्रतियोगितामा प्रथम पटक सर्वसाधारण सिभिलियनको दौड समूहले दोस्रो स्थान हासिल गरेका छन् । यो हासिल गरेर नेपाल रन क्लबले किर्तिमान कायम गरेको छ । यस अघि ब्रिटिस गुर्खा आर्मीहरुको समुह नै प्रथम , द्वितीय र तृतीय स्थान ओगट्ने गरेका थिए ।
गुर्खा वेलफेयर ट्रस्ट द्वारा आयोजित शनिवार सम्पन्न Trail Walker 2023 को उपाधि QGS’ Red team ले जितेको छ।

उक्त प्रतियोगितामा नेपाल रन युकेका ४ जनाको समुहले दोश्रो स्थान प्राप्त गर्न सफल भएका थिए । १०० कि.मी. को दौड रुटमा नेपाल रन युकेका धावकहरुले १० घन्टा ४३ मिनेटमा पार गरेका थिए। उक्त नेपाल रन युकेको समुहमा संतोष राई , प्रकाश गुरुङ, पदम कुवर र किरण बुढाले समूहगत प्रतिस्पर्धा गरेको थिए । नेपाल रनको टिमलाइ AESN रिक्रुटमेन्टले स्पोन्सर गरेको थियो।

तेस्रो स्थान भने ब्रिटिश गुर्खा आर्मी QGS’ Blue team ले हासिल गरेको थियो । नेपाल रन यूकेले मिरा राई इनिसिएटिभको लागि आर्थिक संकलन गरेको छ।

दौड मार्फत समुदायलाई तन्दुरुस्ती राख्न र विभिन्न सामाजिक गतिबिधि गर्दै आएको नेपाल रन युकेले आगामी नोभेम्बर ५ तारिकमा लन्डन नर्थला पार्कमा “नर्थल्ट १० के” रन आयोजना गरेको छ । अन्य जानकारीका nepalrun.org मार्फत लिन सकिने बताइएको छ ।

प्रतिक्रिया