अमेरिकी न्याय विभागद्वारा सूचना प्रविधिका ठेकेदारलाई जासुसीको आरोप लगाउदै गिरफ्तार

इनेप्लिज २०८० असोज ५ गते १०:५६ मा प्रकाशित

अमेरिकी न्याय विभागले सूचना प्रविधि(आईटी )का ठेकेदारलाई जासुसीको आरोप लगाउदै गिरफ्तार गरेको जनाएको छ ।

अमेरिकी न्याय विभागले विदेश विभागबाट गोप्य र शीर्ष गोप्य जानकारी लिई विदेश पठाएको आरोपमा दुईवटा जासुसीको आरोपमा एक सूचना प्रविधि (आईटी )ठेकेदारलाई पक्राउ गरी अभियोग लगाएको छ।

अमेरिकी नागरिकता भएका विदेशी नागरिक अब्राहम टेकलु लेम्माले अमेरिकी विदेश विभागको ब्यूरो अफ इन्टेलिजेन्स एण्ड रिसर्च( अमेरिकी जासुस तथा अनुसन्धान बिभाग)मा खटाइएको साँझ हेल्प डेस्क( सहायता मेज )प्राविधिकको रूपमा काम गर्दै आएका उनले कागजात, तस्बिरहरू सहित ठूलो मात्रामा गोप्य सूचनाहरू प्रतिलिपि गरेको आरोप लगाइएको छ ।

उनले नक्साहरू र उपग्रह तस्बिरहरुलाई यसलाई एक गुप्त सन्देश अनुप्रयोग (एप)प्रयोग गरेर विदेशमा पठाएका थिए । उनले डिसेम्बर १९ ,२०२२ देखि अगस्त ७,२०२३ को बीचमा लेम्माले गोप्य र गुप्तचरका प्रतिवेदनहरु नक्कल र टास अर्थात् कपि पेस्ट गरेको एबिसीन्यूजले जनाएको छ । उनले कम्तिमा ८५ वटा कागजातलाई त्यसो गरेका थिए ।

त्यसपछि उनले एक सुरक्षित सन्देश अनुप्रयोग (एप )मार्फत अज्ञात देशको अज्ञात व्यक्तिलाई जानकारी पठाए।

प्रतिक्रिया