नेपाल चिनाउँदै अवैतनिक दूतहरु

सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा २०८० असोज ५ गते ४:५५ मा प्रकाशित

प्रायश विश्वका हरेक ठुला देशहरुले अरु देशहरुमा आफ्ना दूतावासहरू खोलेको पाइन्छ । सन्सारका शक्तिशाली र धनाड्य देशहरुले धरै देशहरुमा दूतावासहरु खोलेका छन् भने साना तथा आर्थिकरुपमा गरिवीको नेटो काट्न नसकेका मुलुकहरूले थोरै देशहरुमा मात्र दूतावासहरु खोलेको पाइन्छ । बेलायत, अमेरिका, रशिया, चाइना, जापान जस्ता देशहरुले धेरै देशमा आफ्ना दूतावासहरु खोलेका छन् । नेपाल जस्ता कयौ देशहरुका दूताबासहरु अझै खुलेका छैनन् । क्यानडामा नेपाली राजदूतावास सन २००९ नभेम्वरमा मात्र स्थापना भएको हो ।

दूतावास भनेको त्यो देशका लागि आफ्नो देशको आधिकारिक प्रतिनिधि हो । त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई आवश्यक पर्ने सरकारीकार्यालयमा गरिने कार्यहरूमा सहयोग गर्दछ । जस्तो राहदानी बनाउने, नाताप्रमाणित गर्ने, नामसारी, मन्जुरनामाको प्रमाणित गर्ने आदि आदि । दूतावासले स्थानिय सङ्घ सँस्थाहरुसँग समन्वय गरी नेपाली साहित्य सँस्कृति र पहिचानलाई बढाउन पहल गर्दछ । नेपालको विकाशलाई सहयोग पुर्याउने आयोजनाहरु देशमा भित्र्याउनका लागि पहल गर्दछ । अन्य राष्ट्रका सरकार, व्यापारिक सँघ सँस्था, कम्पनीहरु र व्यक्तीहरुसँग सहकार्य गरी योजना देशमा भित्र्याउने । नेपालमा पर्यटकहरु भित्र्याएर देशको अर्थतन्त्रमा सहयोग पुर्याउने ।

यी कार्यहरु भने सरकारले पठाएका सरकारका प्रतिनिधि राजदूतावासले गर्ने हुन । तर त्यस्ता असँख्य अवैतनिक दूतहरु छन्ज सले नेपालको पहिचानलाई विश्वसामू पुर्याउन पहल गरी रहेका छन् । त्यसमा साहित्यकारहरू, खेलाडीहरु, कलाकारहरू, गायकगायीकाहरु, बाध्यवाधकहरु, चित्रकारहरू, सञ्चारकर्मीहरू, पर्वतारोहीहरु आदि देशका अवैतनिक दूतहरू हुन । उनीहरूले देशको पहिचानलाई सन्सारका कुनाकुना सम्म पुर्याएका हुन्छन्
।यी अवैतनिक दूतहरुले डायस्पोरामा रहेका दोश्रो र तेश्रो पुस्ताका नेपालीहरूलाई नेपालीमूलसँग जोडेर राखेका छन । यससी कहिले हाँश्यकलाकारहरू मदनकृष्ण, हरिवँश आचार्य, मनोज गजुरेल, कहिले गायकहरु कालीप्रसाद बाँस्कोटा, प्रकाश सपुत, शिव परियार, पशुपति शर्मा आदि आदि ।

यसैक्रममा यसपटक मेघ सँग्रौला, सुमन खड्का ,हरी थापा लगायतका यूवाहरूको सक्रियतामा गायक निमा रूम्वालाई एडमण्टनमा आमन्त्रण गरेका छन् । यसरी एडमण्टनका नेपालीहरुलाई एक पटक नेपाल पुर्याउन लागेका छन् । नेपाली संगीतलाई क्यानडाको आकाशमा गुञ्जाउने छन् । यी समस्त
अवैतनिक दूतहरूलाई हार्दिक नमन छ ।

प्रतिक्रिया