भर्जिनियामा स्व बिपी कोइरालाको ११० औं जन्मजयन्ती मनाइने

इनेप्लिज २०८० असोज ५ गते १:२२ मा प्रकाशित

भर्जिनियामा स्व बिपी कोइरालाको ११० औं जन्मजयन्ती मनाइने भएको छ । नेपालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता स्व बिश्वेश्वर प्रसाद कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया च्याप्टरले आयोजना गर्ने हुनाले सबैलाई आमन्त्रण गरिएको छ ।

कार्यवाहक सभापति याम कुमार सिटौलाले बिगत बर्षहरुमा झैं जन्मजयन्ती यस् पटक पनि आयोजना हुने बिशेष कार्यक्रममा सबैलाई निम्तो यसै मार्फत निमन्त्रणा दिएका छन ।

कार्यक्रम भर्जिनिया राज्यको स्यानटिली शहरको क्षेत्रीय पुस्तकालयमा गरिने भएको छ । कार्यक्रम आगामी सेप्टेम्बर २४ आइतबारका दिन १ बजे सुरु हुनेछ । कार्यक्रमबारे केही जान्न चाहिएमा कार्यवाहक सभापति याम कुमार सिटौलालाई 571 397 8277 मा सम्पर्क गर्न सकिनेछ ।

स्थान: 4000 Stringfellow Rd

Chantilly, VA, 20151 ( Chantilly Regional Library)

मिति: September 24, Sunday 2023

समय : दिनको 1.00 बजे

याम कुमार सिटौला
कार्य वाहक सभापति

फो.नं.571 397 8277

नेपाली जनसम्पर्क समिति अमेरिका- भर्जिनिया च्याप्टर, अमेरिका

प्रतिक्रिया