अमेरिकामा ,हामी कस्ता नेपाली ?

इनेप्लिज २०८० असोज ४ गते ०:५२ मा प्रकाशित

सुभद्रा पराजुली । तिम्रो के बार आज ? हैन के खायौ बिहानै देखि ? तिम्रो जे बार मेरो नि त्यै बार नि .. खित्का छोडेर हाँसिन गौरी ! अनि तिम्रो तीज नि ? हैन यो केटीलाई आज के भएको , उट्पट्याङ .. गौरी फेरि हाँसिन्

जिस्केको हैन के सिरियस नै सोधेको ?

सत्य सुन्छेउ रीमा , कि खुशी मात्रै पारौं तिमीलाई ?

मनको गहिराई रित्याउँ गौरी आजपनि हामी , जति लुकायो त्यति डोबिलो हुन्छ भित्रभित्रै, केहि म भन्छु केहि तिमी , आखिर मन फुकाउने विश्वासिलो तिम्रो लागि म मेरो लागि तिमी नै त हो !

अतिबाद भनेको नि मानसिक रोगको चरम सिमा हो रीमा , मानिस हौं बिचारहरू नमिल्न सक्छन् यो स्वाभाबिक हो तर सबैको भलोहुने सामाजिक काममा, संस्थामा सकरात्मक हुनु पर्ने हैन र सबै , आखिर धर्म, संस्कृति, संस्कार , परम्परा र आफ्नोपनको लागि एउटा थलो त चाहिन्छ नि हैन र ?

खै ,मलाई त बोल्नै मन लाग्दैन गौरी यो विषयमा !

हो त्यै भएर हो मान्छेहरूले मनोमानी गर्ने , बुझेका मान्छेहरू चुपचाप बसेपछि नकरात्मक सोचका मान्छेले भुसको आगो बालिरहन्छन् र भित्रभित्रै समाजलाई भड्काई रहन्छन् ! आज तिमी चुप बस् भोली थाहा हुन्छ , सन्तानहरूले आफ्नोपन पोख्ने चौतारी नभेटेपछि !

ईलोन मस्कले दिमागमा चिप्स फिट गर्न लाग्यो रे , संसार कता पुगि सक्यो है हामी भने ..
यो केटी चैं पक्कै पागल भै ‘ छे अब

तिमीलाई थाहा छ संसारमा छोरीमान्छेको वर्चश्व कायम नभएर यस्तो लथालिङ् भताभुंग भएको जे पनि ! यी लोग्नेमान्छेहरू दिमागले मात्रै सोच्छन् मन र भावना यिनीहरूमा हुँदै हुँदैन …. अब फेरि केटी न्युरोलोजिष्ट हुँदै अध्यात्म विज्ञानतिर लागि … कति हँसाउँछे के यो गौरीले …..

खास कुरो के भने नि हामी नेपाली काम नलाग्ने भयौं ! अति जान्ने सुन्ने , धर्मात्मा, ज्ञाता , विज्ञ सबै भएर संसारका सबै मान्छेहरूको अगाडी जोकर बन्न थाल्यौं ! न हामीमा एकता रह्यो, न हामीमा आफ्नोपन रह्यो , न हामीमा सुन्ने क्षमता रह्यो , खालि बोलि रहन्छौं , सुनाइरहन्छौं तर के ………. ???

अब हामीलाई कसैले पूजा लगाउन मन्दिर दिंदैनन् किनकि धेरै धर्म कमाउन बत्ती र धुपको मुठो जलाएर उनीहरूको महंगो कार्पेट नै जलाई दिन्छौं , रातो रंग , पहेंलो रंगले भब्य पूजा गरेर सेतो भित्तो समेत रङ्याई दिन्छौं !

कसैले दाह संस्कार गर्न फुनरल हल दिंदैनन् किनकि २ घण्टाको दाम तिरेर , घण्टौं बाहुनलाई पाठ गराउँछौं , चुपचाप बस्नु पर्ने , शान्त रहनु पर्ने ठाउँमा गुड्डी हाँकेर हा हा र हो हो गर्छौं !

सांस्कृतिक कार्यक्रम गर्न हामीलाई हल दिंदैनन् किनकि खाना र पानीका बोटलहरू कुर्सिमुनि असरल्ल पारेर आफ्नो नेपाली पनको परिचय दिन्छौं !

अब त हुँदा हँदा तिमी भन्दा म जान्ने भन्दै तिथि मिति कसैले अगाडी कसैले पछाडी , कसैले दुबैदिन गर्दै आफै बीचको एकतामा पनि प्रहार गरिसक्यौं , तीनै बिरभद्रको कुरा गरेको के रीमा , तिनी पण्डित रे सबै कुराका ज्ञाता , सामाजिक रितिथितीलाई एकैचोटी प्रहार गर्न तिनलाई के अधिकार छ भन त ? संसारका सबै पण्डितको बिध्यामा समानता हुनु पर्ने हैन ? कुन ग्रहमा पुगेर फर्केछन् २,४ वर्ष भित्रै र नेपाली अस्थित्वलाई नै बज्र प्रहार गरे यस्को उत्तर खोज्ने बेला आयो जस्तो लाग्यो अब , तिमीलाई के लाग्छ , भन त

गौरी , एकचोटी सबैलाई सोधौं न है अरूको राय के छ यस्मा ??

लघुकथा : सुभद्रा पराजुली

प्रतिक्रिया