अमेरिकामा आजकल नेपाली चाडपर्व तिथि र साईतको अन्योलमा 

शशी के.सी २०८० असोज ३ गते २१:४५ मा प्रकाशित

दिनरातको गाली सुन्दै यो बर्षको तीज पनि सकियो। के समय आयो , खुशीसाथ मनाउन पनि नपाईनेहुन थाल्यो । कति डाहा होला महिलाले खाए, लाए, नांचे, हांसे भनेर । भन्छन् नी “केटाकेटीलाई जेनगर भन्यो तेही गरिछाड्छन् ।” हो तीज पनि जति जति महिलाहरूलाई भन्छन्, झन् झन् मनाउन थाले। झन् आजकल त कहिल्यै नमनाउनेहरू पनि पो तीजमा रमाउन थाल्दैछन् । अब यो क्रम रोक्किन्महिला यस धरतीमा रहेसम्म ।

भन्न पनि के मात्र बांकी राखेनन् । आजकल तीजमा मौलिकता भएन रे । खासमा के चाहीं हो त“मौलिकता” ! के उहिले जस्तै भाई लिन आएपछि माईती जान पर्ने हो वा माईती लिन आएनन् भनेररूनु पर्ने हो वा माईती गएर सासु , नंन्द आमाजु आदीको कुरा काट्दै तीजका गीतमा भाखा हालेरनाचिदिनु पर्ने हो !

गज्जब त उहिले खुबै राम्रो परिवार भनेर बालखैमा छोरी विवाह गरिदिन्थे ! कता राम्रो हुनु , मगन्ते हुनेरहेछन् ! जाबो दूध हालेर पकाएको चामलको ढकानी , ईस्कुस र घिरौंलाको तरकारी खान तीजमामाईत जान पर्ने रहेछ । अनि अझ बर्षैपिच्छे तीजमा बुहारीको माईतीबाट सासुलाई दर पनि पठाई दिनुपर्ने रहेछ । कुनै दिन बुहारीका माईतीले दर पठाएनन् भने के हाल हुन्थ्यो होला । आ भो तेही हो“मौलिकता” भने, मलाई चाहीं मन परेन।

बरू अहिले त आफै कमायो, राम्रो लगायो ,खायो , नाच्यो ! बजारमा नंया नंया तीजको गीत निक्लन्छ। तेसमा नाच्दै, सबै रमायो । एकआपसमा शुभकामना र उपहार पनि दिने चलन छ ।

तर आजकल केही बिरोधीहरू हिंन्दु धर्म र तीजको बदनाम गर्न लागि परेकाछन् ।सोसल मिडियामा जानी जानी रक्सी पिएको जस्तो गरेर, हेर्नै नहुने नृत्य गरेर बिकृती पनि फैलाई रहेका छन् । सभ्यमहिलाहरूका परिवार छन् र तेसरी सोसल मिडियामा अनेक गरेर राख्दै आफ्नै बदनाम गर्दै हिंडदैनन् ।

यसपाली त २-३ बर्षदेखि कोरोनाकाल र लकडाउनले थलिएको बजार त तीजले चलायमान पोपारेको देखें । चुरा पसले, सारी , गहना व्यापारीदेखि पार्टी प्यालेसमा महिनौंदेखि तीजको रौनक थियो। हुने खानेले दिल फुकाएर खर्च गरीदिंदा हुंदा खानेलाई घर चलाउन सजिलो हुनु नराम्रो पनि हैन ।

खैर महिलालाई भन्न कहिले पो बांकी राखेका छन् र एक कानले सुन्ने, अर्को कानले उडाउने हो भन्दै दरखाने कार्यक्रममा सहभागी भईयो । अमेरिकामा पनि तीजको रौनक अरू ठाउॅं जस्तै थियो ।

तर यसपाली त गज्जब भयो । आईतवार, प्राय: धेरैको छुट्टीको दिन, साथै तीजको अघिल्लो दिनयानी दर खाने दिन, धमाधम साथीहरू दर खांदै, नाच्दै गरेको पोष्टहरू सोसलमिडियामा देखें । कतिकोपोष्टमा त तिमीहरूले मौलिक दर पो खाएछौ सम्म लेख्न भ्यांए । हेर्दै जांदा तेहीबेला उता टेक्ससराज्यमा भएका साथीहरू त तेंहाको नेपाली मंन्दिरमा तीजको पूजा गरेको पोष्ट पो धमाधम राख्छन् त!

परेन आपत हामी महिलाहरूलाई ! एक त विदेशको बसाईछ । सबैले काम गर्नु पर्ने बाध्यता, अनेकगरेर छुट्टी मिलाएर नेपाली आफ्नो चाडपर्व “तीज” मनाउॅंदै आई रहेका छौं । अब तेही तीज पनि कुनदिन मान्नु । हामी धर्मकर्म, मंन्दिर आदी किन जान्छौं ? परिवारमा सुख, राम्रो होस्, आफुले जान/ अन्जानमा गरिएका पापहरू नाश होस् भन्न हैन । अझ तीज त सकभर केही नखाई ब्रत बसेर श्रीमानकोभलो चाहान्छौं । अनि तेती पवित्रसॅंग मान्ने हाम्रो तीजलाई कता कुन साईत ठिक र कुन गलत भन्दैगोलमाल पारिदिने ! हो न हो यसपाली हामीलाई त धर्म भन्दा पाप पो गर्र्यौं क्या हो जस्तो महशुसगराई दिनु भयो त अमेरिकामा रहेका गुरूहरूले ।

हो गुरूहरूले भनेको हामीहरू मान्छौं। मान्नु पनि पर्छ । उॅंहाहरूले पढेर ज्ञान हासिल गरेको बिषय हो ।हाम्रो जन्मेदेखि मृत्युसम्मका कार्यमा गुरूहरू नभई हुन्न र उॅंहाहरूले मंन्त्र नपढी शुद्ध पनि होईन्न । तरउॅंहाहरूले पनि अब अमेरिकामा रहेको हिंन्दु धर्म मान्ने नेपाली समाजलाई जसरी पनि मिलाएरएकरूपता कायम गर्नु पर्ने देखियो । यसरी त कसरी चल्छ होला र खै ? कसरी बचाउने पछिल्लापुस्तासम्म हाम्रो नेपालीको धर्म कर्म, नेपाली पहिचान र संस्कार ? खासमा हामीलाई समाज फुटाउनेभन्दा समाज जुटाईदिने गुरूहरू आवश्यक छ ।

भन्ने हो भने यतिखेर लाखौं नेपाली नेपाल बाहिर छौं । दिनकादिन “नेपाल बाहिरको नेपाल” बढ्ने क्रमजारी छ र अहिलेको नेपालको अवस्था हेर्दा देश फर्कने भन्दा पनि देश छोड्ने थपिंदैछन् ।

इतिहास हेर्दा अमेरिकामा नेपाली आउन थालेको पचास बर्ष भन्दा बेसी भएछ । पहिले चाहींअमेरिकामा औंलामा गन्न मिल्ने नेपाली थिए । आजकल जताततै छौं । अब त नॅंया तेस्रो पुस्ता पनिजन्मिसके ।

आजकल अमेरिकामा जति नेपाली बढ्दैछन् उति नै नेपाली चाडपर्व पनि थपिंदैछन् । भन्नाले सबैसमुदायले आफुले नेपालमा मनाउने गरेको चाडपर्वहरू पनि धमाधम मनाउन शुरू गर्दैछन् । सबैलाईथाहा छ, यता जन्मेर हुर्केका संतान नेपाल गएर कुनै हालतमा बस्नेवाला छैनन् । बरू अमेरिकामा नैआफ्नो समुदायको संस्कार जसरी हुन्छ सानैदेखि सिकुन भन्ने चाहान्छन् । तर तेती गर्दा पनि जतिसिक्ने र गर्ने क्रम सानो बच्चाबेलासम्म मात्रै रहेछ । खै कॅंहा के चाहीं गर्न सकेका छैनौं नेपालीसमुदायले, कलेज पढ्ने उमेरका नेपाली अमेरिकनहरू कतै कुनै धार्मिक कार्यक्रममा गएको देखिन्न् ।त्यो समुहले नेपाली संस्कार नमान्दा , भविष्यमा हामीले अहिले मरिहत्ते गरेर मनाउने नेपालीचाडपर्वहरू पनि लोप हुने संम्भावना धेरै देख्छु म चांही !

उहिले नेपाली कम हुंदा दशैंमात्र हो नेपाली चाड भन्दै, नेपाली समुदाय एक ठाउॅं भेला भएर , एकआपसमा टिका लगाएर , मासु भात खाएर मनाउने गरिन्थ्यो । दशैंमा नेपालको साईतमध्यरातीसम्म कुरेर आफ्नो पालोमा टिका र आर्शिवाद थाप्थ्यौं मान्यजनबाट आंखामा आंशु टिलपिलपारेर !

अहिले त ईन्टरनेट र सोसल मिडियाको पहुंच जताततै छ । अहिले चाहीं मिलेसम्म संसारभर छरीएकाआफ्ना परिवार एकै समयमा अनलाईन आएर अनुहार देखाउॅंदै एकआपसमा टिका लगाईन्छ ।

अमेरिका आजकल नेपाली बढ्दै गएपछि तीज, देउसी भैलो , ईन्द्र जात्रा , छठ पर्व, मह पूजा, लोत्सारआदी पनि निक्कै धुमधामले मनाईन्छ । हाम्रो पुस्ता जो अहिले अमेरिकामा बस्छौं । जे जति धर्मकर्मगरिरहेका छौं । सबै आफ्ना अघिल्ला पुस्ताले गरेको देखासिखी हेरेर, सिकेका त हौं ।

अहिले त अमेरिकामा नेपाली मंन्दिर पनि जताततै छन् । त्यॅंहा लगायत भारतियले खोलेकामंन्दिरहरूमा पनि सामुहिक तीज पूजा समुह समुह बनाएर पटक पटक नेपालको मंन्दिरहरूमा गरे जस्तैगरिन्छ ।

आजकल त नेपाली गुरूहरू पनि धेरै हुनुहुन्छ । गुरूलाई बोलाएर घरघरमा पनि धेरै जना मिलेर तीजको पूजा गर्ने गर्छन् । जे होस् तीजको दर पार्टी जस्तै तीजको पूजा पनि हिन्दु नेपाली महिलाहरूले भव्य सॅंग गर्ने चलन बढेको छ ।

यसरी बर्षौंदेखि रमाईलोसॅंग तीज पूजा गर्दै आएका हामीहरू , यसपाली कतै दर खांदै , कतै तीजको पूजा गर्दै गरेको देख्दा अलिक नरमाईलो महशुस भयो । किन यस्तो भयो भनेर सोध्दा, ठाउॅं अनुसार साईत र तिथि फरक हुन्छ रे भन्ने सुने । केहीले नेपाल र अमेरिकाको साईत र तिथि एकै हुन्न भने ।होला ज्योतिषशास्त्र अनुसार फरक पर्ला पनि । तर तेसरी फरक हुने रहेछ भने के पचास बर्षदेखि अमेरिकामा हुने हिंन्दु धर्म मान्ने नेपाली महिलाहरूले तीजमा गरेको ब्रत र तीज पूजा गलत भयो त ? किन त्यो बेला देखि परिवर्तन गरिएन ? नेपाली थोरै थिए । आवश्यक ठानिएन भन्ने हो भने उ बेला आवश्यक नठानिएको कुरा , अहिले कसरी आवश्यक भयो त ?

लौ अमेरिकामा रहेका नेपाली गुरूहरू एकजुट भएर कसरी हुन्छ , जुम मिटिंग, सम्मेलन, भेला आदी गरेर भए पनि यो तिथि र साईतको अन्योल मिलाईदिनु पर्यो । गुरूहरूले चाहे सबै मिल्छ ।कोरोना महामारी कालमा संसार ठप्प हुंदा जुमबाट तीजको पूजा गरिएकै हो । त्यस्तै उहिले गुरू नपाउॅंदा न्वारन, श्राद्ध नेपालमा गराएर अमेरिका चोखिएकै हो । घर पूजा, विवाह, ब्रतवन्ध आदी तरिका र बिधि नमिले पनि भारतिय गुरूहरू बाट गराईएकै हो ।

पंचमीमा पूजा गरेर, महिनावारी हुंदा यताउता छोएको पाप पखाल्छौं । टपरामा केही पैसा र सिक्का राखी गाई र बाछी मानेर दान गर्दा गौ दान हुने, गौ हत्याको पाप नलाग्ने , सुनको प्रतिमा प्रयोग गर्दा सुनदान दिएको बराबर हुने, चोख्खिने भने जस्तै , जब नेपाल र अमेरिकाको तिथि तलमाथि हुन्छ र तीजको पूजा गर्ने दिन नै फरक हुन जान्छ। त्यो बेला जुन दिन पूजा गरेपनि केही दान गरेर पाप नलाग्ने बनाउनमिल्ने कुनै उपाय निकालिदिनु पर्ने भयो ।

घरदेशदेखि टाढा परदेशमा रहेर पनि हामी नेपाली हिन्दु महिलाहरूले कति श्रद्धा र भक्तिभावलेलिएको “तीजको ब्रत” माथि खेलवाड नगरियोस्।

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया