न्यूजिल्याण्डमा बुधबार बिहान ५.६ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको छ तर ठूलो क्षति वा चोटपटकको तत्काल कुनै विवरण आई नसकेको एबिसीन्यूजले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार क्राइस्टचर्चबाट करिब १२४ किलोमिटर (७७ माइल) पश्चिममा रहेको मध्य दक्षिण टापुमा भूकम्प गएको हो। गहिराई अपेक्षाकृत न्यून ११ (किलोमिटर (७ माइल) रहेको समाचारले उल्लेख गरेको छ । ।
न्युजिल्यान्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन सँस्थाले भूकम्पले सुनामीको कुनै खतरा नरहेको र क्षतिको कुनै खबर प्राप्त नभएको बताएको छ ।
१४,००० भन्दा बढी मानिसहरूले जियोनेट अनुगमन एजेन्सीलाई भूकम्पको धक्का महसुस गरेको जानकारी दिए। बासिन्दाहरूले एक बलियो, हल्लाउने गति महसुस गरेको र भूकम्पले धेरै सङ्कट आवाजहरु निकालेको समेत सूचना दिएका छन् ।
५० लाख मानिस बसोबास गर्ने न्युजिल्यान्डलाई कहिलेकाहीँ ठट्टामा अस्थिर टापु भनिन्छ किनभने त्यहाँ थुप्रै पटक भूकम्पको धक्का महसुस गरिन्छ ।
प्रतिक्रिया