संसार भरी छरिएर रहेका नेपालीहरुलाई हाम्रा साँस्कृतिक चाड पर्वहरुले जोड्ने गरेका छन् । परदेशको एकान्त जीवन र व्यस्त समयमा आउने तीज दसैँ तिहार छट लोसार माघी नयाँ बर्ष जस्ता पर्वहरुले अरुहरुसँग जोड्दछ । बर्ष दिनसम्म ब्यस्त जीवनमा थकित जीवनमा उर्जाभर्ने काम गर्दछ । र पुनर्ताजगी गराउँदछ । परदेशमा मेशिन जस्तो ब्यस्त जीवन जीउँदा जीवन देखिनै हार खाने अवस्था आउँछ । घरभाडा कसरी तिर्ने, मोर्गेज कसरी बुझाउँने, गाडीको इन्सुरेन्स र लोन कसरी तिर्ने ? ।छोराछोरीका आवश्यकत्ता कसरी पूरा गर्ने ? आदि चिन्तैचिन्तामा डिप्रेशनको शिकार बन्ने अवस्था आउँछ ।
यस्तो वेलामा आएका यी पर्वहरूमा भेलाभएर नाचगान गर्दा सारा दुख पिडा भुलिन्छ । नाचगानले शाररिक र मानशिक तनाबबाट मुक्त बनाउँछ । तीज पर्व पनि नेपालका चाडपर्वहरुमध्यको मुख्य पर्वका रूपमा स्थापित भै सकेको छ । यो पर्व कसरी शुरु भयो भन्ने बारेमा बिभिन्न लोकोक्तीहरु सुन्नमा आएका छन् ।
सत्ययुगमा राजा हिमालयपर्वतले आफ्नी छोरी पार्वतीलाई भगवान बिष्णुसँग बिवाह गराइ दिन चाहेका थिए । तर पार्वतीले भगवान शिवसँग मात्र विवाह गर्ने प्रण गरेकी थिईन । आफ्ना पिता हिमालयपर्वतका कुराले उनलाई घात भयो । उनी घर छोडेर जँगलामा गएर ध्यान र उपासनामा लागिन् । सयौँ बर्षको कठोर तपस्याबाट पनि शिवजी प्रकट नभए पछी उनले शिवलिङ्ग स्थापना गरी जलसमेतको सेवन नगरी कठोर तपश्या शुरू गरीन् । त्यस पछी शिवजी प्रकट हुनु भयो । र तिम्रो ईच्छा पूर्णहोस भनी बरदान दिनु भयो । उनले शिवलाई पति प्राप्त गरुँ भनी ब्रतबसेको दिन भाद्र शुक्ल तृतियाको दिन थियो । सोही दिन देखि अविवाहित नारीहरु शिवजस्तै अशल पति प्राप्त गरूँ भनी ब्रतबस्न थाले । बिवाहित महिलाहरु पनि आफ्ना पतिहरुको दीर्घजीवनका लागि ब्रतबस्न थाले ।
विवाह गरेर टाढाटाढा रहेका चेलीबेटीहरूलाई माईत जाने र भाद्रशुक्ल द्धितियाका दिन सबै भेलाभएर तीजको दरखाने चलन चल्यो । खिर ढकने पुलाउ बिभिन्न तरकारी बाँसको ताबाको तरकारी खैपीको आचार जस्ता बिभिन्न परिकार बनाएर खाने चलनछ । तृतियाका दिन निर्जला ब्रतबस्ने साँझमा पूजालगाउने र दान दक्षिणा गर्ने गर्दछन् ।
घरका भित्ताहरूमा देवदेवीका चित्रहरु जिँउतीलेख्ने । त्यस पछी फलफूल र मिष्ठान्न भोजन ग्रहण गरी रातभरी नाचगान गरेर रम्ने रमाउने प्रचलन भयो । तीजमा पशुपति लगायत शिवालयहरुमा पूजागर्ने भक्तमहिलाहरुको ठूलो मेलालाग्न थालेको छ । आजभोली भने समयको अभाव कार्यव्यस्तता आदिले गर्दा केही दिन अगाडी देखि नै आफुलाई अनुकुल पर्ने समयमा तीज मनाउने चलन चलेको छ । परदेशमा पनि समूहसमूह भेलाभएर दुख बिर्सिएर रमाउने गरेका छन् ।
क्यानडाका बिभिन्न प्रान्तहरूमा नेपालीहरुको बसोवास रहेको छ । ती नेपालीहरुका बसोवास रहेका स्थानहरुमा नेपालीहरु भेला भएर नाचगान र मिष्ठान्न भोजन गरेर तीज मनाए । अल्वर्टा प्रान्तको राजधानी एडमण्टनमा पनि बिभिन्न सँघ सँस्थाहरु र समूहले तीजकार्यक्रमको आयोजना गरेका थिए ।
एडमण्टन स्थित ९५६३ ११८ एभेन्यू स्थित नेपालीहरूद्धारा सँचालित टेष्ट अफ साङ्ग्रिला रेष्ट्रुरेण्टमा हिँजो इशनिवार सेप्टेम्वर १६ २०२३का दिन तीजकार्यक्रम भव्यरुपमा सम्पन्न भयो । बिकी आचार्य मेघराज सग्रौला रोषन सँग्रौला आदिको आयोजनामा चेलीबेटीलाई नेपाली खानाका बिभिन्न परिकार खुवाइ तीज कार्यक्रम सम्मपन्न भयो ।
बिभिन्न सस्थाका प्रतिनिधि र एडमण्टनका बिभिन्न ठाउँबाट सहभागिता रहेको थियो । नेपाली तीजका बिभिन्न गीतहरुमा सहभागीहरुले कम्मर मर्काइ मर्काइ नृत्य प्रस्तुत गरेका थिए । उनीहरुका पति तथा दाजुभाइहरूले पनि उनीहरुलाई नाच्नमा हौसला प्रदान गरेका थिए ।
प्रतिक्रिया