सपनाको देश अमेरिका आए पछि एक-दुई हप्ता या एक-दुई महिना आराम गरौ किन भन्नु हुदैन

विजय थापा २०८० भदौ ३१ गते २०:४७ मा प्रकाशित

अमेरिकामा घुम्न आएको छ भने यो कुरा लागू हुदैन । आफन्त भेट्न छ भने त्यसलाई पनि यसले काम गर्दैन । छोराछोरी ,नातिनातिनी भेट्न छ भने पनि काम गर्नु पर्ने अवस्था हुदैन । तर अमेरिका कमाउन र यतै बस्न आएको छ भने माथि शिर्षक गज्जव काम लाग्छ ।

अमेरिकामा अवसर आउने हुनाले अमेरिका आएको दिनै कसैले कम गर्छस भन्यो भने थाकेको छु नभन्नु होला । काम प्राप्त हुने भयो भने यस्तो फुर्ति आउछ जुन नयाँ मानिसको लागि औधि आनन्द हुन्छ ।

अमेरिका आउने सवैले पहिला जे जस्तो काम पनि गर्ने प्रचलन भएकोले काम चै जे पनि गर्छु भन्ने मानसिकता बनाउनु पर्छ ।

अमेरिका आउने भनेको काम गर्न आउने हो । अर्थात् पैसा कमाउन आउने हो । नेपालका अधिकांश वर्गलाई अमेरिका आए पछि यतै बसौ र परिवारलाई ल्याउ भन्ने मनमा लाग्छ । लाखौ लाख यसरीनै मानिसहरु यो सपनाको देशमा बसोबास गरि रहेका छन् । यो देशले दिनेलाई धेरै दिन्छ । तर मात्तिनु हुदैन ।

लाखौ लाख तिरेर घुम्न अमेरिका आईदैन । अमेरिकामा कुनै कारणले पनि आउदा काम मिल्ने छ भने काम गर्दा फाइदा हुन्छ । के काम गर्नु र ? मेरो अनुभव छैन ? नेपालमा काम छैन ? कस्तो काम हो अर्थात् सक्ने प्रकार को हो कि हैन ? त्यस्तो हो भने तुरुन्तै हुन्छ भन्ने ? जे पर्ला पर्ला भनेर काम सुरु गर्ने ? काम खोज्न आएको भनि सवैलाई भन्ने ? हुन् त घुम्न आएकोलाई समस्या पनि हुन्छ । तर नेपालीहरुको पनि ठुलो समुदाय भएकोले कही न कही मिलाई दिने सम्भावना हुन्छ ।

अमेरिका आए पछि डलर कमाउने अवस्था भए पछि दुई चार दिन आराम गरेर जागिर खोजौला भन्ने कहिले सोच्नु हुदैन । तु पाईयो भने तु जागिर खाने । तु काम गर्ने ? म यस्तो गर्दिन ? म यस्तो मात्र गर्छु भन्ने हैन । किनभने अमेरिका आउने सवैले पहिला जे जस्तो काम पनि गर्ने प्रचलन भएकोले काम चै जे पनि गर्छु भन्ने मानसिकता बनाउनु पर्छ ।

यस्तो भन्ने मानिस सफल हुन्छन । म दुई चार घुम्छु ,साथीभाईसंग भेट्छु ,ससुराली जान्छु ,आफन्तका कहाँ जान्छु,टोलको दाजु हुनु हुन्छ ,माथिल्लो घरको भाई छन्, मामाको घर जानु छ भन्ने हो भने अमेरिकाले तपाईलाई लोपार्छ । खाईस तैले भन्छ । अर्थात् मौकामा चौका हान्नु पर्छ भन्ने सुझाव हो ।

हामीले बाहिरी आवरण देख्दा जागिर सजिलोसंग पाईने जस्तो लाग्छ । तर काम पाउन धेरै गाह्रो हुन्छ ।

डलर चाख्ने बानि परे पछि ,निन्द्रा अल्छि सवै भाग्छ । मध्यरातमा पनि उठिन्छ । हामीले बाहिरी आवरण देख्दा जागिर सजिलोसंग पाईने जस्तो लाग्छ । तर काम पाउन धेरै गाह्रो हुन्छ । आफन्त पनि चाहिन्छ । अचेल अमेरिकामा जो सुकैको पनि कोही न कोही हुने हुनाले अमेरिका छिरेकालाई सरल हुन्छ ।

डलरले दुई चार दिन पछि काम गरौला भन्ने सोचाई लाई तगारो लगाई दिन्छ । एक दुई महिना अमेरिका बुझे पछि मात्र काम थालौला भन्ने सोच्नु भयो भने तपाई डुब्नु हुन्छ ।

लक्ष्मी आए पछि घर परिवारमा सुख शान्ति हुन्छ । मन सन्तुष्ट हुन्छ । फुर्ति आउछ । कसैको बोझ बन्नु पर्दैन ।

आएको दिन नै काम पाईयो भने पनि खानु पर्छ । उम्किन दिनु हुदैन । काम भनेको लक्ष्मी हो । लक्ष्मी आए पछि घर परिवारमा सुख शान्ति हुन्छ । मन सन्तुष्ट हुन्छ । फुर्ति आउछ । कसैको बोझ बन्नु पर्दैन । आर्थिक सम्पन्नता हुन्छ । हात थाप्नु पर्दैन । भिक्षा पनि माग्नु पर्दैन ।

अमेरिका आएका नव आगन्तुक तथा अमेरिका आउन प्रयास गर्नेको लागि यो सुझाव राम्रो हुन्छ । तर अमेरिका आए पछि हवाई जहाजको धंग धंगे हुने हुनाले दुई चार दिन आराम गर्दा पनि हुन्छ । तर मौका गुमाउन दिनु हुदैन । अमेरिका आएका एक हप्ता भित्रै मानिस काममा जाने गर्छन । शीप र कला छ भने तु काम पनि पाइन्छ ।

अरुले जे जस्तो भने पनि नेपालबाट आउदा नै काम पाइयो भने म भोलि पल्ट देखि नै काम खोज्छु र गर्छु भन्ने मानसिकता बनाएर आउदा उत्तम हुने छ भन्ने सानो सकारात्मक सुझाव यो पंक्तिकारको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया