दुई महिनासम्म विराटनगरका केही क्षेत्रहरु निषेधित

इनेप्लिज २०८० भदौ ३१ गते १४:५८ मा प्रकाशित

विराटनगर,३१ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाकाको केही स्थानहरुमा असोज १ गतेदेखि दुई महिनासम्म निषेधीत क्षेत्र तोकेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा आज साँझ जारी सूचनामा विरोध,जुलुस, एवं धर्ना जस्ता कार्यक्रम रोक्नका लागि असोज १ गतेदेखि आगामी दुई महिनासम्म विहान ६ः०० बजेदेखि लागुहुने गरी निषेधित क्षेत्र तोकेको छ ।

यसरी निषेधित क्षेत्र कायम गरिएका स्थानहरुमा प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक,मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक , मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र,प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ डाँफे चोक देखि पूर्व रहेका छन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३ क) वमोजिम जिल्ला सुरक्षा समिति मोरङको निर्णय अनुसार नगरमा शान्ति सुरक्षा कायम राख्न एवं सुरक्षा जोखिमलाई ध्यानमा राखि उक्त निर्णय गरेको जनाइएको छ।

निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवातजावत भने रोक लगाइएको छैन ।

प्रतिक्रिया