नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ अमेरिकामा प्रदर्शन हुँदै

इनेप्लिज २०८० भदौ २९ गते २३:४१ मा प्रकाशित

नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ अमेरिकामा प्रदर्शन सुरु भएको छ । अमेरिकामा सेप्टेम्बर १५ शुक्रबारका दिन अमेरिकाका विभिन्न राज्य र शहरहरुमा प्रदर्शन सुरु भै सकेको छ ।

अहिले अमेरिकाको टेक्सस ,क्यालिफोर्निया ,नर्थ क्यारोलाइना ,भर्जिनिया ,न्युयोर्क ,ओहायो लगायत शहरहरुमा प्रदर्शन भै रहेको प्याट्रिक सुबेदीले ईनेप्लिजलाई बताए ।

अझै पनि अन्य शहरहरुमा प्रदर्शन गर्न चाहना राख्नेहरुको लागि आरक्षित (बुकिङ्ग )खुला रहेको अमेरिकाको लागि प्रदर्शन गर्न स्वीकृत पाएका सुबेदीले आफू यसै मार्फत जानकारी दिए । हिमाल शर्माको प्रस्तुति रहेको यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म र साम्राज्ञी शाहको मुख्य भूमिका छ । मुख्य कलाकारका साथै शिशिर बाङ्देल, बुद्धि तामाङ, विशाल पहारी र रविन्द्र झा पनि रहेका छन्

त्यस्तै चलचित्रमा राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय पनि रहेको छ । बनिश शाहको सम्पादन रहेको चलचित्रमा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन छ ।

राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्र प्रस्तुत गरेको छ ।

प्रतिक्रिया