क्यालिफोर्नियाको हन्टिङटन बिच(समुन्द्रतट)मा एक दुई चक्र बाहन (साइकल )यात्रीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
यसै सिलसिलामा किशोर चालकलाई “श्रृङ्खलाबद्ध ठक्कर र फरार रहेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत हप्ताको अन्त्यमा दक्षिणी क्यालिफोर्नियाको समुद्र तटीय शहरमा तीन साइकल(दुई चक्र बाहन) चालकलाई गाडीले ठोक्काएको आरोपमा एक किशोर चालकलाई बुधबार हिरासतमा राखिएको छ ।
कालो टोयोटाले हन्टिङटन समुद्रतटमा आइतबार राति १०: ३० बजे दुई चक्र बाहनका चालकलाई ठक्कर दिएको प्रहरी प्रवक्ता जेसिका कुचिल्लाले बताइन ।
फेरी १५ मिनेट पछि अर्को र फेरी अर्को मानिसलाई १५ मिनेट पछि ठक्कर दिदा एक जनाको मृत्यु भएको प्रहरीले बताए।
डस्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेता पनि एक जनाको घटनास्थलमै मृत्यु भयो।
मंगलबार अधिकारीहरुले संदिग्धको गाडी हन्टिङटन समुन्द्रतट फेला पारे र उनीहरूले किशोरलाई संदिग्ध भएको पत्ता लगाएका थिए।
पहिचान नखुलेका किशोरलाई राति ९ बजेतिर पक्राउ गरिएको हो भने उनको उमेर खुलाईएको छैन ।
प्रतिक्रिया