तीजले धानेको अर्थतन्त्र !

शशी के.सी २०८० भदौ २७ गते २३:२८ मा प्रकाशित

धन्न महिला छन् र पो सबको घरमा चुलो बलेको छ ! वाहियात, के लेखेको भन्ने लाग्ला । तर अहिलेसत्य तेही भएको छ । यतिखेर घरदेश र परदेश जताततै तीजले छपक्कै ढाकेको छ र यो रमझम तीज नसकिन्जेल सम्म चलिरहनेछ ।

हामी बर्षको ३६५ दिन नै संसारभर बिभिन्न चाडपर्व मनाउॅंछौं । तर सबै चाडपर्व सबैले मनाउन्नौ र मनाउनु पर्ने आवश्यता पनि छैन् । ती चाडपर्वका आआफ्नै बिशेषता र महत्व हुन्छ । जसले मनाउॅंछ, उसले महत्व बुझेको हुन्छ । तीज पनि तेस्तै हो । यसमा धार्मिक, सामाजिक र आर्थिक पक्ष र महत्व सबै छ ।

वाहियात, के लेखेको भन्ने लाग्ला । तर अहिलेसत्य तेही भएको छ । यतिखेर घरदेश र परदेश जताततै तीजले छपक्कै ढाकेको छ र यो रमझम तीज नसकिन्जेल सम्म चलिरहनेछ ।

धार्मिक पक्ष सबैलाई थाहा छ लेखि रहनै परेन मैले, तर पनि प्रत्येक बर्ष तीजको बिरोध नै गरिदिन्छन् ।महिला पुरूष बराबर , श्रीमानको लागि एकदिन किन भोक्कै बसेर ब्रत लिने, किन खुट्टा ढोग्ने आदी ईत्यादी भनि रहन्छन्। तर ती बिरोध गर्ने र महिला दिदीबहिनीहरूलाई उचाल्नेहरूले बिर्सन्छन् हिन्दुधर्म र हाम्रो नेपाली संस्कार के हो भन्ने । नउचाल्लिनु अरूका कुरा सुनेर !

सामाजिक पक्षको कुरा गर्दा चलि आएको चलन चाहीं विवाह गएर टाढा टाढा गएकाचेलीबेटीहरूलाई तीजमा माईतीका भाईहरू लिन जाने र चेलीबेटीहरू पनि माईती आई आमालेपकाएको मिठो मसिनो तीजको अघिल्लो दिन “ तीजको दर “ खाई , साथीहरूसॅंग घरका सासु, नन्दआमाजुहरूले दुख दिएको कथाहरू रूंदै गीत गाएर सुनाएर मनाउने रहेछन् ।

अब अहिले नेपाली संसारभर पुगिसक्यौं । कता माईतीले बोलाएनन् भनेर गुनासो गर्नु ! आफु कता, माईती कता ! जो, जॅंहा छन् तेतै मिलेर मनाउने हो तीज र खानेको “तीजको दर” हैन र !

तीज भन्नेसाथ तीजमा खाने दरको कुरा आउॅंछ । म पनि नेपाली समाजमा हुर्केको एक चेली , केही बर्ष अगाडीसम्म अरूलाई जस्तै मलाई पनि ओहो “तीजको दर” त तीजको अघिल्लो दिनमात्र खाने होजस्तो लाग्थ्यो । तर आजकल, अझ कोरोनाको महामारी पछि चाहीं मेरो बिचार परिवर्तन भएको छ ।एकपटक पाएको मनुष्य चोला , आफुलाई जे गर्दा खुशी लाग्छ गर्नु पर्ने रहेछ । “घांटी हेरी हाड निल्नु ” त पक्कै हो। तर तेसो भन्दैमा सक्नेले आफ्ना खाने लाउने र रमाईलो गर्ने रहरहरू चाहीं मार्न हुन्न ।

तीजमा आर्थिक पक्ष चाहीं गज्जबै फस्टाएको छ आजकल ! केही बर्षदेखि तीज आउन एक महिना अगाडी देखि नै तीजको चहलपहल शुरू हुन्छ । एकथरी तेसलाई दिनरात बिकृती बढ्यो भन्ने रटजपिरहन्छन् । तर अहिले जताततै आर्थिक मंन्दी छ । समाचारहरूमा व्यापार घाटा, पसल वन्द, सटरखाली, व्यापारीले आफ्नो ज्यान त्यागे आदी पढ्न पाईन्छ । कमसेकम तीजले त केही हदसम्म बजारचलायमान त पारिरहेको छ । धेरैको घर धानेको छ । त्यो पक्ष पनि बुझ्नु जरूरी छ ।

तीज आउॅंदा सबैभन्दा पहिले नॅंया नॅंया तीजको गीत र म्युजिक भिडियो निक्लन्छ । ती गीतहरूबजारमा चलेमा गीतमा लगानी गर्नेलाई धेरै फाईदा हुन्छ । त्यस्तै गीत गाउने , तेसमा नाच्ने , मेकअपगर्नेदेखि निर्देशक सबैको रोजीरोटी धान्छ ।

अझ आजकल त नेपाली कलाकारहरूलाई देश विदेशमा तीजको कार्यक्रममा बोलाउने चलन बढेको छ । यतिखेर गायक पशुपति शर्मा र प्रकाश सपुत अष्ट्रेलिया पुगेका छन् । गीत गाएर जीविका चलाईरहेका गायक गायीकाहरूलाई त तीज फलिफाप र भ्याईनभ्याई बन्दैछ । गज्जब त तीज कार्यक्रममाभाग लिन जानको लागि भिषा पनि दिन्छ बिभिन्न देशहरूले भने , कसरी विकृती भयो त !

यतिखेर गायक पशुपति शर्मा र प्रकाश सपुत अष्ट्रेलिया पुगेका छन् । गीत गाएर जीविका चलाईरहेका गायक गायीकाहरूलाई त तीज फलिफाप र भ्याईनभ्याई बन्दैछ ।

त्यस्तै तीजमा महिलाहरूले लगाउने चुरा पोते सारी, कुर्ता सुरूवाल, गहना आदी सबैको व्यापार हुन्छ ।व्यापारीहरूलाई त तीज पैसा कमाउने ठुलो अवसर हो । आफ्नो सामान बिकाउन अनेक किसिमको छुट दिन्छन् । कमसेकम तीजमा अलिक राम्रो व्यापार गर्न सके , व्यापार नहुने समयको लागि पनिधान्न सजिलो हुन्छ । केही फाईदा गर्न नसके दिनरात खटिएर व्यापार कसरी र केको लागि गर्ने ।

अहिले साना ठुला सहर जताततै रेष्टुरेन्ट र पार्टी प्यालेस खुलेकाछन् । ओहो हाम्रै नॅंया वानेश्वर टोलमाघरैपिच्छे रेष्टुरेन्ट देख्दा, हैन आजकल घरमा पकाउॅंदैनकी क्या हो जस्तो पनि लाग्छ । आजकलमहिलाहरू पनि कामकाजी, व्यस्त नै छन् । किनमेलदेखि , पकाउने आदी सबै आफै खटिनु पर्ने झन्झटअनि फुर्सद पनि नहुने हुनाले , मज्जाले रेष्टुरेन्टमा भेला भएर तीजको दर खाने चलन बढेको छ । बरूबाहिर खांदा आफु पनि राम्रो बनिएर जान पाईयो । ठिकै पनि हो । आखिर घरमा पकाउॅंदा पनि सित्तै तपाक्दैन अनि मेहेनत नै धेरै गर्नु पर्छ ।

महिलाहरूले तीजको दर रेष्टुरेन्टमा खांदा , ती रेष्टुरेन्टमा काम गर्ने देखि रेष्टुरेन्टको साहु, घरभाडालगाउने साहु, सामान दिने सप्लायर सबैको घरमा चुलो बल्छ हैन त । व्यापार त भयो नी हैन र ? ल अब कसरी विकृती भयो त ?

अझ आजकल चाहीं आफ्नै माईतीघरमा मात्र हैन की , फुपु , दिदी बहिनी, सानीआमा, ठुलीआमाआदी सबैले चेलीबेटीहरूलाई बोलाएर “तीजको दर” खुवाउने नॅंया चलन थालेछन् । त्यस्तै बिभिन्न संघसंस्थाहरूले आफ्नो कार्यालयमा काम गर्ने महिला कर्मचारीलाई “तीजको दर” खुवाउन थालेको देखिन्छ। राम्रो कुराको थालनी भएछ । जे, जसरी र जता भएपनि चेलीबेटीहरूले “तीजको दर” खाएर तीज मान्न पाउनु राम्रो हो ।

त्यस्तै बिभिन्न संघसंस्थाहरूले आफ्नो कार्यालयमा काम गर्ने महिला कर्मचारीलाई “तीजको दर” खुवाउन थालेकोदेखिन्छ।

अन्त्यमा, प्रत्येक बर्ष महिला दिदी बहिनीहरूले तीज मनाईदिंदा धर्म बचिरहेकै छ । त्त्यस्तै तीजको दरखान यताउता कुदिरहॅंदा सामाजिक सदभाव फैलिरहेको छ । अनि हुनेखानेहरूले तीजमा किनमेल , तीज पार्टी आदी गरिदिंदा अर्थतंन्त्र उक्सिरहेको छ । तीज आजकल तेरो/ मेरो हैन की सबैले मनाउने पर्व भईसक्यो । सबैले समयसॅंग बांच्न सिक्नु पर्छ । अहिले सबै कमाउने पनि र रमाउने पक्षमा छन् ।पहिले माईत गएर रोएर मनाईन्थ्यो भने, अहिले सबै दुख बिर्सेर एकआपसमा नाच्दै, हांसीखुशीकासाथ मनाईन्छ तीज !

तीजको ब्रत चाहीं सबैले आफ्नो स्वास्थलाई ख्याल राखेर खाने/ नखाने , के / कति खाने बिचार गरेरलिनुहोला ! तीजको शुभकामना !

शशी के.सी

लेखिका

प्रतिक्रिया