अमेरिकाको भर्जिनिया राज्यको गेन्सभिल शहरमा बस्दै आएका नेपाली महिलाहरुले एकै प्रकारको सारी(फरिया)लगाई हरितालिका तीज मनाएका छन् । अमेरिकामा नेपाली समुदाय झाँगिदै र विस्तार हुने क्रम जारी रहदा जताततै जन घनत्व वृद्धि भएकोले हरेक शहर टोल र समुदायमा मनाउने क्रम बढ्दो छ ।
यसरी नै भर्जिनियाको शहर गेन्सभिलमा एक सानो समूहमा रहेको महिलाहरुले साथीभाई,आफ्ना नातेदार,वरपर रहेकाहरु छरछिमेक बोलाएर एकै ठाउँमा तीज मनाएका छन् । कसैलाई भार नपर्ने गरि नेपालको माईतमै खुवाएको झैँ गरि एकै परिकारको सारी(फरिया)लगाई आफैले घरमा बनाएका खानाका मीठा परिकारहरु बनाएर दर खादै मनोरंजन गरेका छन् । यो समूह अगाडी पनि यसै शहरमा समूहले तीज मनाएको थियो ।
महिलाहरुको आफ्नो बिशेष महान चाड हरि तालिका तीजको अवसरमा नाँचगान समेत गरेका छन् । अहिले चलेका चर्चित गीतहरु समेत बजाउदै परदेशमा माइती सम्झंदै नाचगान गरेका छन् ।
स्मरण रहोस ,आगामी सेप्टेम्बर १६ शनिबारका दिन हे मार्केट शहरमा अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस )ले बृहत तीज उत्सव राखेको छ । उक्त तीज कार्यक्रममा सबैलाई सहभागिताको लागि चूलो निम्तो संस्थाले दिएको छ ।
प्रतिक्रिया