खसी कप २०२३ को फाइनल खेल भर्सेस युएनएसि भर्जिनिया बिच सम्पन्न,युएनएसि भर्जिनिया बिजयी

इनेप्लिज २०८० भदौ २५ गते २३:३७ मा प्रकाशित

भर्जिनिया। दोस्रो बार्षिक दशै तिहार खसी फुटवल प्रतियोगिता सम्पन्न भयो । फाइनल खेल युएनएफसिले ३ -१ ले जितेर २०२३ खसी कप हात पार्यो । खेलको पहिलो चरणमा दुबै टिमबाट १ -१ गोल भएको थियो ।

युएन एफसिको तर्फबाट एलेक्सले पहिलो गोल गरेका थिए । खेलको दोश्रो चरणमा एलेक्सले फेरी २ गोल गरेर युएनएफसि ३ -१ बिजयी भयो ।

७ गोल गरेर एलेक्सले टुर्नामेन्ट भरि धेरै गोल गर्ने उपाधि जिते। टुर्नामेन्टको बेस्ट गोलकिपर कृष्ण पुवार(UNFC )बने। टुर्नामेन्टको एमभिपि सन्तोष राना मगर (PA FC) ले पाए।

यसरी खेल भरि युएनएफसिले एक गोल मात्रै खायो। युएन एफ सिले खेलको सेमि फाइनलमा नोभा रोयल र क़्वार्टर फाइनलमा बाल्टिमोर एथलेटिक क्लबलाई हराएको थियो।

उक्त प्रतियोगिता युएनएफसि बिजयी संगै ३,३३३ हजार डलर तथा उप बिजेता पेन्सलभेनिया एफसिले १,१ ११ डलर पदक तथा नगद पुरस्कार प्राप्त गरेका छन् । मिनी कपमा नेप्रिकन एफसी मेरिल्याण्डले ५०० डलर नगद साथै ट्रफी जितेको छ ।

यसैगरी टिभी चिट्ठामा युएनएफसीका दीपिनले हात पारे । त्यस्तै गरि नेप्रिकन वारियर्स,पेनेस्ल्भेनिया एफसी तथा चार्मसिटि एफसीले बिपुल क्षेत्रीको कार्यक्रममा सहभागी हुन् पाउने भएका छन् ।

यो कार्यक्रमको आयोजकमा मिलन गोर्खाली तथा गणेश पाण्डेले गरेका हुन् ।

टुर्नामेन्टको प्रथम पुरस्कार ३३३३.00 डलर थियो।

प्रतिक्रिया