लण्डन, ११ सेप्टेम्बर, २०२३
बेलायतको वाट्फोर्ड सहरमा बस्ने नेपालीहरुको संस्था ‘वाट्फोर्ड नेपाली समाज युकेले नेपाली नारीको महान चाड तीजको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । १० अक्टोबर, २०२३ आईतबारको साँझ ह्यारो ब्लुरुममा आयोजित उक्त कार्यक्रममामा वाट्फोर्डमामा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा सम्मान तथा शुभकामना आदन प्रदान गरिएको थियो ।
बेलायतमा बसिरहेका नेपाली चेलीबेटीहरुलाई आफ्नै देशको गाउँ घरको झझल्को दिलाउने सांस्कृतिक कार्यक्रम सफल रहेको थियो । वाट्फोर्डमा बस्ने करिव दुई सय नेपालीहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा नेपालबाट आएका कलाकार देवी घर्ति मगर र स्थानिय कलाकारहरुले तीजको गीत, संगीत र नृत्य प्रस्तुत गरेर कार्यक्रममा रौनकता थपेका थिए ।
संस्थाका अध्यक्ष विष्णु पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतमा बस्ने बिभिन्न पेशामा सङ्लग्न विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो । संस्थाका अध्यक्ष विष्णु पन्त र संस्थाका संस्थापक अध्यक्ष मुकुन्द गुरुङले संयुक्त रुपमा कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन पश्चात उक्त कार्यक्रममा नेपालको राष्ट्रिय गान बजाइएको थियो ।
संस्थाकी उपाध्यक्ष गायीका निरुषा भट्टराई पाण्डेले कार्यक्रमको संयोजन गर्नु भएको उक्त कार्यक्रममा बिनु लामिछाने, त्रिशा रुवाली, रक्षा पाण्डे, बिहानी भण्डारी र अंकुर आचार्यले रोचक नृत्य प्रस्तुत गरेका थिए । नेपाली संस्कृति झल्काएको उक्त सांगीतिक कार्यमक्रमको डिजे हेम बिष्ट थिए ।
कार्यकम सफल पार्न संस्थाका सचिब राजेन्द्र थापा, महेश गिरी, सुदर्शन रुवाली, मुकुन्द गुरुङ, अमर गुरुङ, सञ्जय पन्त, दिनेश सुवेदी, प्रदीप घिमिरे, बिनु लामिछाने, मछिन्द्र आचार्य, डा.मोहन थापा, राजन फुयाँल, लेख गुरुङ, आलेख चौहान, कपिल रिमाल, मनीकला राई लगायतको महत्वपूर्ण भूमिका रहेको थियो । संस्थाकी उपाध्यक्ष गायिका निरुषा भट्टराई पाण्डे र बिनु लामिछानेले रोचक तरिकाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष बिष्णु पन्त, उपाध्यक्ष लेख गुरुङ र संस्थापक अध्यक्ष मुकुन्द गुरुङले गीतकार देवी घर्ति मगरलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । अध्यक्ष पन्तले संस्थाका सम्पूर्ण पधाधिकारी तथा कार्यक्रममा उपस्थित नेपाली दिदी बहिनीहरु लगायत सबैलाई नेपाली नारीको महान चाड हरितालिका तीजको शुकामना दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
प्रतिक्रिया