विराटनगर २४ भदौ : भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध भारतीय रु १० लाख ५० हजार सहित एक जना भारतीयलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ।
जिल्ला प्रहरी कायालयका मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१६ स्थित दक्षिण गेटमा भारतको बिहार खगडिया गाउँं पंचायत महेसखुट बस्ने ३२ वर्षिय चन्दनकुमार यादवलाईलाई भारतीय रु १० लाख ५० हजार सहित पक्राउ गरिएको छ।
प्रहरीले यादवले पछाडि वोकेको झोला शंका लागि चेकजाँचको क्रममा उक्त्त अवैध रकम फेला परेको हो ।
प्रतिक्रिया