अमेरिकाको अर्कान्सास राष्ट्रिय निकुञ्जमा ७ बर्षिय बालिकाले २.९५ क्यारेटको हिरा फेला पारेकी छिन । उनले उक्त राष्ट्रिय निकुञ्जको भ्रमण गर्दा सुनौलो खैरो हीरा फेला पारेकी हुन् ।
उनले आफ्नो सातौं जन्मदिनमा अर्कान्सासको मर्फ्रीस्बोरोमा रहेको डायमन्ड्स राज्य उद्यान (निकुञ्ज)पार्कमा जन्मदिन मनाउँदै गर्दा यो हीरा पत्ता लगाएकी थिइन्। ७ बर्षिय बालिका एस्पेन ब्राउनले गत सेप्टेम्बर १ मा हिरा फेला पारेकी हुन् ।
“ब्राउन आफ्नो जन्मदिन मनाउन आफ्नो बुबा र हजुरआमासँग निकुञ्जमा गएकी थिइन ” विज्ञप्तिमा भनिएको छ। ब्राउनले खोज क्षेत्रको उत्तरपूर्वी तर्फको बाटोबाट हरियो मटरको आकारको एक रत्न उठाउदा उक्त वस्तु हिरा भएको पुष्टि भएको छ ।
३७ एकड क्षेत्रमा फैलिएको उक्त उद्यानमा थुप्रै मानिसहरु आगन्तुकहरूले खर खजाना खोज्न सक्छन र अनुमति सरकारले दिएको छ । उक्त निकुञ्ज खरखजाना खोज्नको लागि प्रसिद्ध छ ।
अधिकारीहरुका अनुसार हिराका अतिरिक्त अन्य बहुमूल्य रत्नहरू जस्तै नीलम र अन्य वस्तुहरु पनि त्यहाँ पाइने सिएनएनले जनाएको छ ।
प्रतिक्रिया