१९ बर्षिय अमेरिकी किशोरी कोको गफले यूएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितिन

इनेप्लिज २०८० भदौ २४ गते १:१० मा प्रकाशित

१९ बर्षिय अमेरिकी किशोरी कोको गफले यूएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन ।

कोको गफले १९ वर्षको उमेरमा आफ्नो पहिलो महत्वपूर्ण प्रतियोगिता (ग्राण्डस्लाम )उपाधि जित्न सफल भएकी छिन ।

सेप्टेम्बर ९ शनिबारका दिन बिश्व प्रसिद्ध युएस ओपन नामद्वारा चिनिने टेनिस प्रतियोगिताको अन्तिम चरण (फाइनल)मा आर्यना साबालेन्कालाई २-६, ६-३, ६-२ ले हराउदै इतिहास रचेकी छिन ।

फ्लोरिडाकी गफ सन् १९९९ मा सेरेना विलियम्सपछि देशको प्रमुख टेनिस प्रतियोगिता जित्ने पहिलो अमेरिकी किशोरी भएकी छिन । विम्बल्डन इतिहासको सबैभन्दा कान्छी योग्यता प्राप्तकर्ता (क्वालिफायर) बनेर र २०१९ मा आफ्नो महत्वपूर्ण प्रतियोगिता (ग्रान्ड स्लाम )मा चौथो चरणमा पुगेकी १५ वर्षकी गफबाट त्यस्तो प्रकारको विजय हुने अपेक्षा गरिएको भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

उनी गत वर्षको फ्रेन्च ओपन( टेनिस प्रतियोगिता)मा आफ्नो प्रारम्भिक प्रमुख अन्तिम चरण (फाइनल)मा पुगेकी थिइन । उनले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

उनले आफ्नो अझै पनि नयाँ क्यारियरको सबैभन्दा ठूलो ट्रफी कमाएकी छिन्। बिश्व कै शीर्ष ६ वरियतामा रहेकी गफले शनिबार साबालेन्कालाई टिक्न दिईनन । उनले अत्यन्तै राम्रो प्रस्तुत गरे पछि साबालेन्का पराजित भएकी छिन ।

प्रतिक्रिया