व्यङ्ग्य गाउँको क्रिकेट

नगिता लेप्चा राई, खोलाचन्द फाप्री, सिलगड़ी भारत २०८० भदौ २३ गते २०:१५ मा प्रकाशित

पत्रकार – नमस्कार…म झकास् च्यानेलबाट आएको हुँ । तपाईको गाउँको क्रिकेटले यसपाली निकै पोपुलारिटी हासिल गरेको छ । तपाईका टिमबारे एकजना एक्सपर्ट प्रशिक्षकको नातामा केही बताइदिनुहोस् न ।

प्रशिक्षक – हाम्रो यङ्ग स्टार क्रिकेट क्लबका सबै खेलाड़ीहरू नेशनल क्रिकेटर हुन् । एउटा सानो गाउँबाट नेशनल क्रिकेट टिममा खेल्नु पाउनु मामुली कुरो होइन । हाम्रा युथ क्रिकेटरहरू पनि बेजोड़ खुसी छन् । उ..हेर्नोस् न…सोह्र वर्षको शरदलाई…यस्तो डरलाग्दो खेल्छ…सबैले उनलाई सचिन तेन्दुलकर नै भन्छन् ।

टिम म्यानेजर –हाम्रो क्रिकेट टिमलाई पाकिस्तानको टिम जस्तै बनाएका छौं ।तपाईले आज यहाँ भारत-पाकिस्तानको म्याच हेर्नुहुनेछ । तर आजको म्याच मात्रै बीस ओभरको हुनेछ ।

पत्रकार –माइक पनि रहेछ होकि !सायद कमेण्ट्रीको लागि होला ?

आयोजक –हाम्रा युवा क्रिकेट प्लेयर्सलाई उत्साह गराउन मात्र यो कमेण्ट्री व्यवस्था गरिएको हो ।

दर्शक – कुरा ठिकै हो । यस्तो गर्दा त भारतीय क्रिकेटरहरूको सर्वनाश भएको हो । अब हाम्रो कलिलो सचिनको बाह्र बजाउनु मात्रै बाँकी छ ।

पत्रकार – क्यापटन सुवासलाई नै ऱाख्नुभएको छ होइन ?

प्रशिक्षक – त्यो त मेरो हातमा छैन नि । मैले रञ्जितलाई क्यापटन राख्ने प्रस्ताव दिएको थिएँ । बट..आई एम भेरी सरी टु से…सेलेक्टरहरूले हाम्रो रञ्जित भाइलाई मनपराउँदैनन् ।

दर्शक – त्यसको अर्थ राजनीति यहाँ पनि छ । भारतीय क्रिकेटको प्रभाव यहाँ पनि परेको रहेको छ ।

(प्रशिक्षक, टिम म्यानेजर, आयोजन चूप । प्रशिक्षक प्रस्थान)।

दर्शक – के बुझ्नु भो पत्रकार सरले ?
पत्रकार – बुझेँ आँ गर्दा अलङ्कार बुझेँ । यो क्रिकेट भन्ने कुरो अब लाटाको धोती झैँ भएछ भन्ने बुझेँ । यो रोग गाउँको क्रिकेटतिर पनि सरेको देख्दैछु । टेक्निकल डाइरेक्टर महोदय पनि हामीसित हुनुहुन्छ । नमस्कार…यसबारेमा हजूरको मनतव्य ?

टेक्निकल डिरेक्टर – यसबारेमा मेरो भन्नु केही छैन । हामीले हाम्रो घिच्रा खुकुरीको धारमा राखेर काम गर्नुपर्छ । अलिकति टेँढ़ीमेढ़ी भयो कि सर्वनाश । सबसे भला चूप ।

पत्रकार – .यस्तो हो भने असली क्रिकेटर र क्रिकेटको अवस्था के होला सोंच्नोस् त ।

दर्शक – सोंच्ने समय कसको छ र यहाँ पत्रकार महोदय कसको छ र !

(दोस्रो दर्शकको प्रवेश)

दोस्रो दर्शक – त्यसो भनेर कहाँ हुन्छ र ? म्याच हेर्नु हामी पैसा तिरेर कहाँ-कहाँबाट आउँछौ । समयको खेरो,,,। हाम्रो मनोरञ्जन र गाउँ वा देशको गौरवबारे क्रिकेटर बोर्डकाहरूलाई केही सोंच्दैनन् । अन्य देश वा गाउँतिर हेर्नुहोस् । पेशादारी सिष्टम चालु छ । परैहरूले आफ्नो गाउँ वा आफ्नो देशको क्रिकेटलाई हेयको दृष्टिकोणले हेर्दैनन् ।

पत्रकार – आजको म्याचबारे तपाईको मनत्व्य ।

दोस्रो दर्शक – टस जिते यङ्ग स्टार क्रिकेट क्लबले ब्याटिङ गर्ने कुरा सुन्दैछु । यङ्ग स्टारको बलिङ जुन प्रकारको बलिङ पावर छ .यस दृष्टिकोणले यङ्ग स्टारले एक देखि डेढ़ सय रन गर्नेछ ।

पत्रकार – अनि राइजिङ सनबारे के धारणा छ हजूरको ?

दोस्रो दर्शक – राइजिङ सन पनि खतरा छ । राइजिङ सनले कछुवा चालमा ब्याटिङ गर्दै भए पनि यङ्ग स्टारलाई चित पार्ने प्रयास गर्नेछ । अनि पिचमा बसिरहन सक्यो भने यङ्ग स्टारका शरदले सेञ्चरी त आँखा चिम्म गर्नेछन् । शरद सचिन तेन्दुलकर जस्तै डु एण्ड डाइ पाराले खेल्नछन् । राइजिङ रन २० रनले पराजित हुनेछ । यो मेरो भविष्यवाणी । तपाईले यसलाई तपाईको च्यानलमा मज्जाले छोड़्दा हुन्छ ।

पत्रकार –तपाई कन्फर्म्ड ? कसरी ??

दोस्रो दर्शक – हामी भारतवासीले होस् वा गाउँमै किन नहोस् क्रिकेटलाई ग्रेट रुपमा हेर्न प्रायः बिर्सिसकेका छौं । क्रिकेटरहरूको उचित सम्मान छैन । झन् गाउँका क्रिकेटरहरूलाई त कसैले पत्याउँदैनन् । फेरि नेशनल क्रिकेटरहरू म्याच फिक्सिङले मातेका छन् । यस्ताहरूलाई सिस्नु पानी लाउनुपर्ने हो ।

म्चानेजर – आउनोस् सर अम्पायरहरू मैदानमा पसिसके । अब म्याच शुरु हुनेछ । तपाई प्रेस बक्समा बस्नोस्…। अनि सर बाई द वे तपाईको च्यानेलमा मेरो फोटो चैं रिपिट आवोस् है सर । हेँ…हेँ…हेँ…

प्रतिक्रिया