विराटनगर,२३ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङगदेनले सरकार पार्टीको प्राथमिकता नभएको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिले कोशी प्रदेश सरकार सहभागी हुने कुनै निर्णय नभएको तथा मध्यवाधि निर्वाचनमा जाने अवस्था सिर्जना भएमा मात्र पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा छलफल गरी निर्णय गरिने प्रष्ट पार्नु भयो ।
अध्यक्ष लिङ्गदेनले कोशीको वर्तमान सरकार सम्बन्ध पार्टीको कुनै धारणा नरहेको विचार राख्नु भयो ।
अध्यक्ष लिङ्गदेनले सबैभन्दा उपयुक्त भनेको यो व्यवस्थाको संस्थापकहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर कोशी प्रदेश सभालाई जोगाउनु पर्नेमा विचार राख्नु भयो ।
उहाँले सुन तस्करी, भ्रष्टाचार विरुद्धको छानवीन देखाउनका लागि मात्र भएको प्रमाणित भइरहेको छ भन्दै मुख्यरुपमा सत्तापक्षले यसलाई सत्तारक्षा कवचको रुपमा प्रयोग गरिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष लिङ्देनले सङ्घीयतामा प्रदेश संरचना आर्थिक हिसाव बोझिलो र धान्न सक्ने अवस्थामा नरहेको पार्टीको प्रष्ट रुपमा धारणा रहेको बताउनु भयो ।
नेपालको नयाँ नक्सा कुनै छिमेकी मुलुक विरुद्ध नभएर मुलुकको हितमा छुटेको भुगोल समेटिएर संसदले सर्वसम्मति रुपमा जारी गरेको नक्सा भएको उहाँले प्रष्ट पार्नु भयो ।
प्रतिक्रिया