चिलीमा बच्चामा अपहरणमा परेका एक अमेरिकी व्यक्तिले ४२ वर्ष पछि आमालाई भेटेका छन् । ४२ वर्षपछि अपहरणमा परेका छोरासँग आमाले भेटिन्।
भेटमा दुवै अत्यन्तै भावुक भएका थिए र अन्य पनि भावुक बनेका थिए । जिमी लिप्पर्ट थाइडेन नामका ब्यक्ति अहिले अमेरिकी वकिल हुन् । थाइडेनलाई उनलाई पालन पोषण र कसैले अपनाएको हो भन्ने थाहा थियो ।
उनलाई यो पनि थाहा थियो कि उनी अमेरिकामा होइन चिलीमा जन्मेका थिए। उनि अमेरिकाको भर्जिनियामा धर्मपुत्रको रुपमा एक असल आमाबाबुसँग हुर्के ।
उनी भन्छन् ,उनीसँग कहिल्यै कुनै कुराको कमी थिएन। अमेरिकी नौसेनामा सेवा गरेका ४२ वर्षीया अब एक वकिल हुन् जो विवाहित छन् र उनका दुई साना छोरीहरू छन्।
सन् २०१२ मा उनि अफगानिस्तानमा तैनाथ गर्ने तयारी गरिरहेको बेला उनकी अमेरिकाकी आमाले धर्मपुत्रको उनको सक्कली कागजात दिए पछि आश्चर्य भए र उनले आफ्नो बारे सोधखोज आफै गर्न थाले किनभने उनि अमेरिकी वकिल पनि भै सकेका छन् ।
वर्षौंको प्रयास पछि थाइडेन आफ्नो उत्पत्तिको बारेमा थप जान्न चाहन्थे तर चिलीमा कहाँबाट सुरु गर्ने थाहा थिएन । चिलीमा सन् १९७३ देखि १९९० सम्म अगस्टो पिनोचेटको तानाशाही शासनकालमा धेरै बच्चाहरूलाई धर्मपुत्र सँस्थाहरूमा लगाइएको थियो ।
केही बच्चाहरू धनी परिवारबाट पनि ल्याईएको थियो र अमेरिका आएका थिए । गरिब पृष्ठभूमिका अन्य बच्चाहरू धेरै अपहरण /चोरी भएका थिए भनि सिएनएनले समाचारमा जनाएको छ ।
चिलीका अधिकारीहरूका अनुसार चोरी बच्चाहरूको संख्या हजारौं हुन सक्ने बताउँछन । तर विवादास्पद धर्मपुत्रको बारेमा देशको अनुसन्धान सुस्त रहेको छ। अवैध धर्मपुत्रपालनमा भाग लिने कतिपयको मृत्यु भएको छ । कथित रूपमा बच्चाहरू चोरी भएका धेरै निजी अस्पताल तथा सरकारी अस्पतालहरूमा अभिलेख (रेकर्ड )नभएको सिएनएनमा उल्लेख छ ।
थाइडेनले गत अप्रिल १७ मा गरेको डिएनए परीक्षण पछि माइहेरिटेज नामक बिधुतिय वंशावली संस्थाको सहयोगमा केही हप्ताभित्रै एक शुभ संकेत पाए ।
उनले अन्ततगत्वा आफ्नी ६९ बर्षिय आमा मारिया एन्जेलिका गोन्जालेजलाई भेट्न सफल भएका छन् । दशकौंसम्म उनले छोराको जन्म भएको केही समयपछि नै मृत्यु भएको उनलाई विश्वास थियो । उनलाई उनको समयपूर्व बच्चाको मृत्यु भएको भनिएको थियो।
तीन महिना पछि उनि अन्ततः चिलीमा आफ्नो जैविक आमालाई अँगालो हाल्न उनलाई ४२ वर्षसम्म कुर्नुपर्यो। गत अगस्तको मध्यमा चिलीको दक्षिणी सहर भल्दिभियामा भेटे।
प्रतिक्रिया