उत्तर अफ्रीकी राष्ट्र मोरक्कोमा एक शताब्दी यताकै शक्तिशाली भूकम्प गएको छ । ६.८ परिमाणको भुकम्पमा परि अहिले सम्म ८२० जनाको मृत्यु भएको छ भने ६७२ जना घाइते भएका छन् ।
शुक्रबार राति आएको भूकम्प केन्द्रबिन्दु मोरक्कोको उच्च एटलस पहाड रहेको सिएनएनले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार १२० वर्ष भन्दा बढी समयमा क्षेत्रमा यस क्षेत्रमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यस क्षेत्रमा यस आकारको भूकम्प असामान्य भएको जनाएको छ । तर अप्रत्याशित होइन। सन् १९०० यता ५ वा सोभन्दा बढी म्याग्निच्युड(परिमाण)का ९ वटा भूकम्प गएको भएपनि तीमध्ये कुनै पनि ६ परिमाण (म्याग्निच्युड)भन्दा बढी नभएको उल्लेख छ ।
पछिल्लो अध्यावधिक अनुसार मोरक्कोको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८२० पुगेको छ भने ६७२ जना घाइते भएको मोरक्कोको सरकारी दूरदर्शन (टेलिभिजन) अल औलाले आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
अल औलाले २०५ जना गम्भीर अवस्थामा रहेको जनाएको छ ।
प्रतिक्रिया