अमेरिकामा गल्तीले जीवितै किशोरीलाई मृत घोषित

इनेप्लिज २०८० भदौ २१ गते ११:०१ मा प्रकाशित

अमेरिकामा एक ठूलो गल्तिको कारण जीवितै किशोरीलाई मृत घोषित गरेको समाचार एनबिसीसी वाशिंगटनले लेखेको छ ।

मेरील्याण्डकी १३ वर्षीया एलिस एलेन सामाजिक सुरक्षा प्रशासन(सोसल सेक्युरिटी एडमिनिसट्रेसन )का अनुसार किशोरीको मृत्यु भएको उल्लेख गरेको छ भनि समाचारमा उल्लेख गरिएको छ ।

उनले साथीभाईहरुलाई आफ्नो कथा सुनाईन र भनिन म यहाँ छु, म बाँचिरहेको छु । उनकी आमाले न्यूज४(एनबिसीसी वाशिंगटन)टोलीलाई उनले चिकित्सा सुविधाहरूको लागि अस्वीकार पत्र प्राप्त गरेपछि छोरीलाई मृत घोषित गरिएको बताईन ।

“चिकित्सा स्वास्थ्य बीमा अस्वीकार गरियो। मलाई दाँतका लागि लिने सुबिधाहरू अस्वीकार गरियो। तर हामीले जीवन बीमा पाएका छौं तर मलाई उनी मरिसकेकी जानकारी दिइयो, मेलिसा एलेनले पत्रकारहरुलाई भनिन ।

सामाजिक सेवा विभागले उनलाई मेडिकेडलाई सम्पर्क गर्न भनेको थियो ,जसले उनलाई सामाजिक सुरक्षा प्रशासनलाई सम्पर्क गर्न भनेको बताइन ।

“मैले भर्खर सोचें यो एक त्रुटि थियो ,मानव त्रुटि जुन छिट्टै समाधान गर्न सकिन्छ,” एलेनले भनिन ।

एनबिसीसी वाशिंगटनको सूचना प्रविधि (आइटी)समूहले गरेको अनुसन्धान र खोज पछि २०१९ को सामाजिक सुरक्षा सल्लाहकार प्रतिवेदनले प्रत्येक वर्ष ७,००० -१२,००० मानिसहरूलाई गल्तीले मृत घोषित गरेको जनाएको छ ।

लगभग २.९ मिलियन अर्थात् २९ लाख मृत्यु प्रत्येक वर्ष सामाजिक सुरक्षा प्रशासनलाई विवरण दिईन्छ भनि समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया