श्रीलंकासँग अफगानिस्तान दुई रनले पराजित, समूह चरणबाटै बाहिरियो

इनेप्लिज २०८० भदौ २० गते १:२१ मा प्रकाशित

एजेन्सी, एसीया कप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई दुई रनले हराएको छ ।

प्रतियोगिताको मंगलबारको खेलमा जितसँगै समूह ‘बी’बाट श्रीलंका प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९१ रन बनाएको थियो ।

अफगानिस्तानले भने ३७.४ ओभरमा अलआउट हुनु अघि दुई सय ८९ रन मात्रै बनायो ।

यसअघि बंगलादेश पनि सोही समूहबाट ‘सुपर फोर’ चरणमा पुग्न सफल भएको थियो । समूह ‘ए’ बाट आयोजक पाकिस्तान र भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगेका थिए ।

पहिलोपटक एसिया कपमा सहभागिता जनाएको नेपाल भने समूहगत चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया