( NASeA ) नासाको ३३ औं अधिवेशन भव्यताका साथ सम्पन्न,डा. सुमन सिलवालको नेतृत्वमा नासाको नयाँकार्यसमिति

इनेप्लिज २०८० भदौ १९ गते ११:१६ मा प्रकाशित

दक्षिणपूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नुहुने नेपाली हरूको लोकप्रिय साझा संस्था ( NASeA ) नासाको ३३ औं अधिवेशन भव्यताका साथ सम्पन्न,डा. सुमन सिलवालको नेतृत्वमा नासाको नयाँकार्यसमिति ( २०२३-२५ ) निर्वाचित

एन्टलान्टा ।

नेपालिज एशोसियशन इन साउथ इस्ट अमेरिका (नासा)को ३३ औं अधिवेशन जर्जिया राज्यकोएन्टलान्टामा शनिबार ०२ सेप्टेम्बर २०२३ , शनिबार भव्यवताका साथ सम्पन्न भएको छ । अधिवेशन कोपहिलो दिन शुक्रवार सॉझ यो सम्मेलन को आयोजक संस्था नेपालिज एसोसिएशन अफ जर्जिया ( नाग) लेभब्यरूपमा आगन्तुक पाहुनाहरुलाई रात्रि भोज सहित “ स्वागत कार्यक्रम “ आयोजना गरेको थियो ।

अमेरिकाको दक्षिणपूर्बी क्षेत्रमा बसोवास गर्ने नेपालीको मुख्य संस्था नासाको बार्षिक अधिवेशन हरेक बर्षलेवर डे सप्ताहन्त पारेर सम्पन्न हुने गरेको छ । ४४०१ च्याम्ल्वी डनउडी रोडमा रहेको होटल होलिडे इनमाभएको यो अधिवेशनको संस्थाका संस्थापक अध्यक्ष डा. विश्व आचार्यले पानसमा बत्ति बालेर उद्घाटनगर्नुभएको थियो । हाम्रो समुदायको सबै सदस्यहरू बिच पून एकता क़ायम गर्दै नासा लाई अझै भब्य , बिशाल र लोकप्रिय बनाउने उद्देश्य को साथ “ Reuniting Our Community “ भन्ने आदर्श बाक्य ( नारा) राखेर शुरू भएको यो अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष आचार्यले नासालाईअझै सशक्त र सवल बनाउँदै लैजानु पर्ने र सबै नेपालीहरुको भावनालाई प्रतिनिधित्व गर्न सक्ने अग्रणीसंस्था बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

यो सम्मेलनको कन्भेनर तथा नाग को अध्यक्ष बिनोद थापा ले स्वागत मन्तव्य राख्नु भएको थियो । नासाअध्यक्ष कृष्ण श्रेष्ठ ले सम्मेलनको नारा बमोजिम सबै समुदायको सदस्यहरू बिच पुन एकता क़ायम गर्दै नासार सबै राज्य स्तर एबं स्थानिय स्तरका नेपाली संगठनहरू बिच दरिलो समन्वय गर्दै नासा लाई नयॉ उचाईमालानेतर्फ जोड़ दिनुभयो । नासाको ३३ औं अधिवेशनलाई सफलताको लागि विभिन्न संघसंस्थाहरुलेसुभकामना व्यक्त गर्नु भएको थियो । अन्तराष्ट्रीय नेपाली साहित्य समाजको पूर्व अध्यक्ष तथा नासाको पूर्वसल्लाहाकार ज्ञानेन्द्र गदाल, अन्तराष्ट्रीय नेपाली साहित्य समाज वीओटी सल्लाहाकार सीता पाण्डे, एनआरएन जर्जिया च्याप्टरका अध्यक्ष कपिल वाग्ले, नेपाली कल्चरल सेन्टर, एटलाण्टाको महासचिव डाअनुप श्रीवास्तव,, अनेसास जर्जिया च्याप्टरको अध्यक्ष मिरा कोईराला , मधेसी एसोसिएशन अफ अमेरिकाजर्जीया च्याप्टर को अध्यक्ष जय नारायण शाह , नासा निर्बाचन समिति २०२३ को प्रमुख निर्बाचन आयूक्तबिमल नेपाल , तत्कालिन नासा को निबर्तमान अध्यक्ष बिनय अर्याल लगायतको विभिन्न संघ संस्थाकापदाधिकारीहरुले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो नासा को बरिष्ठउपाध्यक्ष डा निरोज बस्नेत ले समुद्घाटन समारोहमा धन्यबाद बक्तब्य दिनु भएको थियो ।

एन आर एन ए एन सि सि अमेरिका को अध्यक्ष डा अर्जुन बन्जाडे , अनेसास केन्द्रीय अध्यक्ष गोबर्धन पूजा , एसोसिएशन अफ नेपालिज ईन मिड वेष्ट ( अन्मा ) को अध्यक्ष तिलक केसी , अनेसास बि ओ टि को अध्यक्षपदम बिश्वकर्मा , ए एन ए को अध्यक्ष खगेन्द्र अधिकारी , ब्लड डोनर्स अफ अमेरिकाको अध्घक्ष भूषण श्रेष्ठ , नेपालिज एसोसिएशन अफ फ़्लोरिडा को अध्यक्ष डा निरज श्रेष्ठ , बिश्व हिन्दु फेडेरेसन अमेरिकाको अध्यक्षकिरण श्रेष्ठ ले पनि सो अधिवेशन पूर्ण सफलता को लागी शुभकामना पठाउनु भएको थियो ।

नासाको अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा साउथ इस्ट रिजनमा भएकोविभिन्न राज्यबाट उल्लेख्य सहभागिता रहेको थियो । नासाको ३३ औं अधिवेशनमा नासाका संस्थापकअध्यक्ष डा विश्व आचार्य, पूर्व अध्यक्षहरु , डा हरि ढुंगाना, डा प्रकाश मल्ल, टेक थापा, राजा घले, सन्जिवसापकोटा, डा रामचन्द्र वराल, विमल नेपाल, विनय अर्याल लगायतको एैतिहासिक उपस्थिती थियो ।

नासाको ३३ औं अधिवेशनको शुभ बिहानी मा walk andRun कार्यक्रम सहित भब्य रूपमा साहित्यीककार्यक्रम सम्पन्न भएको थियो । अनेसास वि ओ टि तथा बरिष्ठ साहित्यकार सिता पाण्डे प्रमुख अतिथि रहनुभएको सो साहित्यिक कार्यक्रम मा बाल बालिका सहित थुप्रै स्तरिय रचनाहरू प्रस्तुत भएको थियो ।आसन्नमा रहेको हरितालिका ( तिज) लाई समेत सम्बोधन हुने हिसाबले महिला दिदी बहिनीहरू द्वारातिजको गित तथा नृत्य पनि गरिएको थियो । एटलाण्टा स्थानिय ब्याण्ड “ The Paper Boat “ ले प्रस्तुतगरेको रमाईलो Liveconcert मा नर्थ क्यारोलिना तथा जर्जीया को अन्य कलाकारहरूले पनि गित तथानृत्य प्रस्तुत गरेको थिए ।

नेपाल फोरम अन्तर्गत भएको कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले आफ्नो मतव्य राख्नु भएकोथियो भने ब्याक टु नेपाल अभियानका अभियन्ता तथा विश्व साइकल यात्री पुस्कर शाहले समेत आफ्नोअनुभव राख्नु भएको थियो ।

नासाको पुर्बाध्यक्ष डा सन्जिब साप्कोटाको प्रमुखतामा सम्पन्न नासा को ३३ औ बार्षिक साधारण सभामानासाको सांगठनिक एजेण्डामा महत्वपूर्ण निर्णयहरू भई नासा निर्बाचन २०२३ अगाडि बढ़ेको थियो ॥ सोनिर्बाचनमा डा. सुमन सिलवलाको नेतृत्वमा नयाँ कार्यसमिति समेत गठन गरेको छ

प्रतिक्रिया