काठमाडौं, भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सम्झौता स्वीकृत गरेको छ ।
भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गर्ने निर्णय गरेसँगै नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने सम्झौता स्वीकृत भएको हो ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको थियो ।
नेपालमा हाल १० आयोजनाको ४५० मेगावाटभन्दा धेरै विद्युत विद्युत प्राधिकरणले बिक्री गर्न सकेको छैन ।
नेपालले दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आज बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।
प्रतिक्रिया