काठमाडौं, सर्वोच्च अदालतको पूर्ण इजलासले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भिडिओ मगाएको छ ।
इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएको भिडिओ मगाएको हो ।
भदौ ४ गते बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत सच्याउने समयमा अर्का सदस्य गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मतदान गरेका थिए ।
न्यायाधीशत्रय सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त भिडिओ मगाएको हो ।
सभाध्यक्षले असंवैधानिक तवरले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा रिट हालेको थियो ।
उक्त रिटको भोलिसम्ममा अन्तिम फैसला आउने बताइएको छ ।
प्रतिक्रिया